लुलाङ–गुर्जा सडकः भालुखोरिया खण्डमा ट्रयाक खुल्यो

म्याग्दी- लुलाङ–गुर्जा सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने सडकको १६ किलोमिटर ट्रयाक निर्माण भएको छ । थप पाँच किलोमिटर ट्रयाक निर्माण गरेमा गुर्जा सडक सञ्जालमा जोडिने छ ।
धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालका अनुसार लुलाङबाट देउराली–लत्रवाङ हुँदै भालुखोरियासम्म १६ किलोमिटर ट्रयाक निर्माण भएको छ ।
लुलाङ–गुर्जा सडकका लागि सङ्घीय, गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाले रु दुई–दुई करोडका बजेट विनियोजन गरेकामा रु तीन करोड ८० लाखमा ठेक्का सम्झौता भएको उनले राससलाई जानकारी दिए ।
आव २०७९/८० मा गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा लमसुङबाट लुलाङ हँुदै चार किलोमिटर ४०० मिटर सडक मार्ग निर्माण भएको थियो ।

केदारनाथमा पदमार्ग निर्माण

एक वर्षमा घोडेपानी-पुनहिलमा ३० हजार पर्यटकको आगमन
_sGl94IEkeu_zt7powlwtqrx9cb6v5gojjmvr4k5qnkphq5o0rugcq0xytkp9pljkgvtxr3i_CwY3qvdo7l_qvenuhbrs06eygmzcodfibaefjgsxnrrikab45dfrdrjgmond7sygfpqms5k.jpeg)
सोमबार देवघाटमा ३५ हजार भक्तजनको आगमन

नमूना पशुपक्षी अस्पताल भवन निर्माण अधुरो

गोरखामा एक वर्षमा ७० किलोमिटर सडक कालोपत्र

हल गोरु पाल्ने २७५ किसानले पाए गाउँपालिकाको अनुदान

प्रतिक्रिया