सरकार र शिक्षक महासंघको वार्ता २ बजेदेखि

काठमाडौँ- सरकार र आन्दोलनरत शिक्षक महासंघबीचमा आज पनि वार्ता हुँदैछ ।
हिजो राती अबेरसम्म भएको वार्ता निष्कर्षमा नपुगेपछि आज दिउँसो २:०० बजेबाट पुनः वार्ता हुन लागेको हो । सो वार्ता शिक्षा मन्त्रालयमा हुनेछ ।
नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाका अनुसार महासंघले प्रस्तुत गरेको ९ बुँदे प्रस्तावका बारेमा टुंगोमा पुग्ने र सोही टुंगोमा पुगेपछि पहिलो चरणमा मन्त्रिपरिषद्बाट निर्णय गराउने योजना रहेको छ ।
दोस्रो चरणमा भने संसद्बाट विधेयक पारित गराउने सर्तमा आज मन्त्रालयमा पुनः वार्ता हुन लागेको हो ।
यद्धपी वार्ता जारी रहे पनि काठमाडौँ केन्द्रित आन्दोलन भने बिहान ११:०० बजेदेखि नयाँ बानेश्वर–माइतीघर खण्डमा जारी रहेको अध्यक्ष लक्ष्मी किशोर सुवेदीले जानकारी दिए ।

प्रेसिडेन्सियल इन्नोभिस्टा २०२५’ सम्पन्न

नेपालको पहिलो ‘म्याथ म्युसियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल
कक्षा १२ को नतिजा सार्बजनिक

कालिका क्याम्पसले प्राप्त गर्याे क्युएए प्रमाणपत्र

नेसनल प्याब्सनको चिन्ताः कानुनी दबाबले निजी विद्यालय र विद्यार्थीको भविष्य अन्यो…

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
यी हुन् केयुका तीन ‘व्यवस्थापन कार्यक्रम’

प्रतिक्रिया