पल्सर एन सिरिजका दुई मोडल सार्वजनिक गर्दै सुरू भयो बजाज ‘ग्राण्ड कार्निभल’

काठमाडौं- बजाज मोटरसाइकलको ‘ग्राण्ड कार्निभल’ सुरू भएको छ । कम्पनीले काठमाडौंको भृकुटीमण्डपमा ग्राण्ड कानिर्भल सुरू गरेको हो । कम्पनीले आयोजना गरेको यस ग्राण्ड कार्निभलमा उत्कृष्ट भ्यालुएसन तथा सहज फाइनान्स सुविधामा मोटरसाइकल किन्न र एक्सचेन्ज गर्न सकिन्छ ।
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनीले आयोजना गरेको यो कार्निभलमा २० भन्दा धेरै भ्यालुएशन कम्पनीहरु सहभागी रहने कम्पनीले जानकारी दिएको छ ।
ग्राहकले कुनैपनि ब्रान्डको पुरानो मोटरसाइकल तथा स्कुटर ल्याएर उत्कृष्ट भ्यालुएशनमा आफ्नो पुरानो सवारी साधनसँग बजाजको नयाँ मोटरसाइकल साट्न सक्नेछन् ।
यस कार्निभलमा ग्राहकले फाइनान्स स्कीम अन्तर्गत नागरिकताकै भरमा मोटरसाइकल खरिद गर्न सक्नेछन् । बजाज ग्राण्ड कार्निभलमा कम्पनीले चलाई रहेको ‘खुसीको मिटर’ स्कीम समेत उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
आजदेखि सुरू भएको यो ग्राण्ड कार्निभलमा कम्पनीले पल्सर एन १२५ र एन १६० मोटरसाइकल सार्वजनिक गरेको छ । यो कार्निभल बैशाख २१ गतेसम्म चल्नेछ ।

पेट्रोलको मूल्य बढ्यो

गत आवमा सरकारी खर्च १५ खर्ब आठ अर्ब

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

घरेलु उद्योगबाट सफल ब्रान्डसम्म: जुलीज केक्स एन्ड पेस्ट्रिजको २२ वर्षको यात्रा

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

दसैँको मुखमा दु:ख दिइरहेको इको पहिरो (भिडियो/फोटो)

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया