संसदभित्र गलत विषय उठ्नसक्छ प्रतिवाद गर्नुस् : प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदभित्र आफ्नो प्रश्तुति प्रभावकारी बनाउन सांसदहरुलाई निर्देशन दिएका छन् ।
शनिवार बालुवाटारमा बसेको पार्टीको संसदीय दलको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् । उनले पार्टीको मर्यादा र अनुशासन कायम राख्दै प्रश्तुति प्रभावकारी बनाउन निर्देशन दिए ।
उनले सरकारले संसदमा प्रश्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सही भएको बताए । उनले नीति तथा कार्यक्रम विकास र समृद्धिमा केन्द्रित रहेको बताए । उनले सांसदहरुले संसदमा बोल्दा जिम्मेवार हुनुपर्ने भन्दै राम्रोसँग अध्ययन गरेर मात्रै बोल्न निर्देशन दिए । उनले संसदमा बोल्नु अगाडि बुँदागत रुपमा टिपेर बोल्नुपर्ने बताउनु भयो । विपक्षीहरुले बिरोध गर्ने, गलत नियतले बोल्ने भएकाले तत्काल प्रतिवाद गर्नसक्ने गरी सांसदहरुले तयारी गर्नुपर्ने बताए ।
उनले भने, ‘प्वाइन्टहरु साथीहरुले लेखेर ल्याउनुहोला बोल्ने बेलामा, लेखेका प्वाइन्टहरु बोल्नुहोला ताकि कुरा नछुटोस् , नबिर्सियोस् भन्नका लागि । लेखेर ल्याएको बुँदाहरु प्रष्टताका साथ व्याख्या गर्न सक्नेगरी आउनुपर्यो । सिङ्गै वक्तव्य लेखेर ल्याएपनि हुन्छ । लेखेर ल्याएको वक्तव्यमा तत्काल उठेका प्रश्नको जवाफ दिन सकिँदैन, असहज हुन्छ । तत्काल उठेका कुराहरुको प्रतिवाद हामीले गर्नैपर्ने हुन्छ । हरेक सांसदहरुले गलत कुरामा उठेको खण्डनहरुमा पनि बोल्नैपर्ने हुन्छ । त्यस ढंगले आफूलाई प्रश्तुत गरेर आउनु म साथीहरुलाई आग्रह गर्न चाहन्छु ।’
सरकारले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमार्फत सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममा सांसदहरुलाई संशोधन गर्न ७२ घण्टाको समय पनि उपलब्ध भइसकेको छ । सरकारको नीति तथा कार्यक्रमका बारेमा मिश्रित प्रतिक्रिया आएको छ ।

श्रीमतीलाई पोलिटब्युरो सदस्य बनाएका वामदेवले पाए समाजवादीमा तेस्रो वरियताक्रम

दुई समितिको बैठक बस्दै

राष्ट्रियसभाको बैठक बस्दै

राष्ट्रिय पुँजीको संरक्षणका लागि पार्टीले निरन्तर सङ्घर्षरत गरिरहेको छः अध्यक्ष द…

नागरिकलाई नियन्त्रण गर्नेभन्दा सचेत बनाउनुपर्नेः महामन्त्री थापा

भारत भ्रमणअघि चीन जाँदै प्रधानमन्त्री ओली, मोदी र सीसँग भेटवार्ता हुने

प्रधानमन्त्री ओली र मन्त्रीहरूबीच आज कार्यसम्पादन सम्झौता हुँदै

प्रतिक्रिया