अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

लस एन्जलस- संयुक्त राज्य अमेरिकाको परराष्ट्र मन्त्रालयले युक्रेनलाई लडाकु विमानसम्बन्धी तालिम, मर्मतसम्भार र आवश्यक सहयोगका लागि तीन अर्ब दश करोड अमेरिकी डलर बराबरको सहायता प्याकेज स्वीकृत गरेको जानकारी आज पेन्टागनले दिएको छ ।
उक्त सहयोगमा विमान परिमार्जन, पाइलट तालिम, मर्मतसम्भार सहयोग, अतिरिक्त उपकरण, जमिनमा प्रयोग हुने सामग्री र विशेष किसिमका कार्यक्रम प्रणालीहरू समावेश छन् ।
यस सहयोगमा समावेश भएका कम्पनीहरूमा प्रमुख रूपमा लडाकु विमान उत्पादन तथा प्राविधिक सेवा प्रदान गर्ने अमेरिकी संस्थाहरू रहेका छन् । तर, यो सहयोगमा कुनै नयाँ विमान समावेश छैन । विमानहरू अमेरिकी सरकारबाट नभई युरोपेली मित्र राष्ट्रहरूबाट प्रदान गरिने बताइएको छ ।
यो सहयोग गत वर्ष डिसेम्बरमा स्वीकृत भई दुई अर्ब छेसठ्ठी करोड रुपैयाँ बराबरको अर्को सम्झौता पछिको निरन्तरता हो, जसले मिसन योजना प्रणाली र मर्मत उपकरणहरू उपलब्ध गराएको थियो ।
नेदरल्याण्ड, डेनमार्क, नर्वे र बेल्जियम जस्ता मित्र राष्ट्रहरूले हालसम्म युक्रेनलाई जम्मा उन्नासी वटा लडाकु विमान दिने घोषणा गरिसकेका छन् । सन् २०२५ भरि थप विमानहरू पठाइने अपेक्षा गरिएको छ ।
एउटा अन्तर्राष्ट्रिय उड्डयन सूचनास्रोत संस्थाका अनुसार, हालै एक विमान टक्सनस्थित अमेरिकी सैन्य आधार शिविरमा ल्याइएको थियो, जुन पछि पोल्याण्डतर्फ पठाइएको देखिएको छ ।
स्थानीय सञ्चार माध्यमको रिपोर्ट अनुसार, टक्सननजिकै रहेको ‘डेभिस–मन्थन’ नामक पुराना विमानहरू भण्डारण गरिने स्थानबाट ती विमानका भागहरू लिइएका हुन् । अमेरिकी वायु सेनाले दिएको जानकारी अनुसार ती विमानहरू पहिले प्रयोगमा ल्याइएका भए पनि हाल उड्न सक्ने अवस्थामा छैनन् । ती विमानहरूबाट युक्रेनले पाउने विमानहरूका लागि अतिरिक्त भागको रूपमा प्रयोग गरिनेछ ।
वक्तव्यमा उल्लेख गरिए अनुसार, ती विमानहरूमा इन्जिन, राडार जस्ता अत्यावश्यक भागहरू छैनन् र तिनलाई पुनः सञ्चालनमा ल्याउन सकिने अवस्था पनि छैन । (सिन्ह्वा)

अर्बपति वारेन बफेटले आज ६ अर्ब डलर दान गर्ने

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

प्रतिक्रिया