रास्वपाको प्रश्न : सरकार गठनको १० महिना भइसक्यो जिबी राईलाई पक्राउ गरेर कहिले नेपाल ल्याइन्छ ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले सहकारी ठगी संलग्न गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्रबाबु (जिबी) राईलाई कहिले पक्राउ गरेर नेपाल ल्याइन्छ ? भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद पराजुलीले सरकार सञ्चालनको दश महिना पुग्दासमेत राईलाई पक्राउ नगरिएको भन्दै आपत्ति जनाए । उनले सरकारी ठगीमा संलग्न आफ्ना पार्टी कार्यकर्ता समेत मुछिने डरले सरकारले राईलाई पक्राउ नगरेको उनको आरोप छ । उहाँले सांसद पराजुलीले रास्वपाले सहकारी पीडितका मुद्दा उठाउँदै आएको र अघिल्लो वर्ष नै सरकारले पीडितको रकम फिर्ता गर्न सुझाव दिएको पनि स्मरण गराए ।
उनले भने, ‘तपाइकै पार्टीले सरकार सञ्चालन गरेको दश महिना पूरा भइसक्यो । गितेन्द्रबाबु(जिबी) राईलाई कहिले पक्राउ गरेर नेपाल ल्याइन्छ ? जनताले प्रश्न सोध्ने गरेका छन् । बाहिर आएअनुसार १६ अर्बमध्ये ७ अर्ब मात्र जिबी राईले आफूले ल्याएको र तिर्छु भन्ने सुनियो । ९ अर्बको भागेदार को को हुन् भन्ने तथ्यको उजागर हुने हुँँदा जिबी राईलाई पक्राउ नगरिएको हो भनेर जनता त हल्ला गर्दैछन् नि । के त्यस्तै हो ? रास्वपाले सहकारीका समस्या समाधान गर्न आवाज मात्र उठाएको छैन । सहकारी पीडितको रकम नै फिर्ता गर्न सरकारलाई अघिललो वर्ष सुझाव नै पेस गरेको छ ।’
सहकारी ठगीमा संलग्न पीडकलाई कानूनी कठघरामा उभ्याउँदै पीडितहरुको वचत रकम फिर्ता गर्न सांसद पराजुलीले चेतावनीसहित सरकारको ध्यानाकर्षण गराउनु भयो ।

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

भिसा प्रकरण गम्भीर बिषय भएकाले छानबिन हुनुपर्छ : अध्यक्ष प्रचण्ड

‘सगरमाथा संवादका निष्कर्ष कार्यान्वयनमा अघि बढेका छौँ’

निलो रिबनले जनाउँछ मानव तस्करीविरूद्धको प्रतीक, रास्वपाले त्यहि गर्यो संसद्मा

आज प्रतिनिधिसभाको बैठक बस्दै

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

पार्टीभित्र महामन्त्रीहरुलाई अराजकता गर्ने छुट छैनः कांग्रेस सहमहामन्त्री राठौर

प्रतिक्रिया