चिकित्सकहरू विदेशिने क्रम बढ्नु चिन्ताको विषयः राष्ट्रपति पौडेल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले चिकित्सकहरू विदेशिने क्रम बढ्नु चिन्ताको विषय भएको बताएका छन् ।
मंगलवार काठमाडौंमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमै स्तरिय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको छ भन्ने आफैँले अनुभव गरेको बताए ।
स्वास्थ्य सेवामा सुधार हुँदा हुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको बताए । त्यसको परिणाम चिकित्सकहरू विदेशिने क्रम बढ्नु चिन्ताको विषय भएको जिकिर गरे । यसलाई रोक्न संवद्ध पक्षले उपयुक्त कदम चाल्नुपर्ने उहाँको सुझाव छ ।
संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षा जस्ता आधारभुत आवश्यकताको प्रत्याभुतिको व्यवस्था सुनिश्चित गरेको र संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पु¥याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न ध्यान केन्द्रित हुनुपर्ने बताए ।
राष्ट्रपति पौडेलले भने, ‘नेपालमै स्तरिय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको छ भन्ने आफैँले अनुभव गरेको कुरा मैले पटक पटक भन्ने गरेको छु । स्वास्थ्य सेवामा सुधार हुँदा हुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको र त्यसको परिणाम चिकित्सकहरू विदेशिने क्रम बढ्नु चिन्ताको विषय हो । यसलाई रोक्न संवद्ध पक्षले उपयुक्त कदम चाल्नुपर्छ । हाम्रो संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षा जस्ता आधारभुत आवश्यकताको प्रत्याभुतिको व्यवस्था सुनिश्चित गरेको छ । संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पु¥याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न हाम्रो ध्यान केन्द्रित हुनुपर्छ । राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको त्यही भावना र मर्मअनुसार हो ।’
राष्ट्रपति पौडेलले हाल देशको स्वास्थ्य र शिक्षामा गुणात्मक सुधार भएको बताए । साथै दक्ष र विज्ञ चिकित्सकहरू नेपालमै उत्पादन हुनु खुशीको विषय भएको बताए ।

संसदीय समितिमा गृहमन्त्री लेखकले भने- नेपालको जेलमा २८ हजार ७१८ कैदीबन्दी र…

सरकारले रवीन्द्रलाई पाँच लाख पुरस्कार दिने

प्रतिनिधिसभाको बैठक बस्दै

अनिल झाले पाए नेपाल सदभावना पार्टी र पञ्जा छाप

सबै भूमिहीनलाई लालपुर्जा दिलाएर इतिहास रच्नुस् : प्रधानमन्त्री ओली

बागमतीका मुख्यमन्त्री बाँनियाँले पाए विश्वासको मत

कांग्रेसले सहिदलाई सधैँ सम्मान गर्छ : सभापति देउवा

प्रतिक्रिया