राजनीतिक प्रतिशोधका घटना नरोकिए सधैं चुप लागेर बस्दैनौँः सांसद झा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले विपक्षीहरुमाथि भइरहेको राजनीतिक प्रतिशोध नराकिए चुप लागेर नबस्ने चेतावनी दिएका छन्।
प्रतिनिधि सभाको मंगलवारको बैठकलाई सम्बोधन गर्दै सांसद झाले यस्तो चेतावनी दिएका हुन् ।
उनले पार्टी सभापति रवि लामिछाने र रेशम चौधरीप्रति गरिएको व्यवहार तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग बयान लिन लागेको घटना नियोजित राजनीतिक प्रतिशोधको श्रृङ्खला भएको टिप्पणी गरे । उनले पछिल्लो समयमा भइरहेका राजनीतिक प्रतिशोधका घटनाप्रति पार्टीको ध्यानाकर्षण भएको र गम्भिर भएर हेरिरहेको सांसद झाको भनाइ छ ।
उनले भने, ‘हालसालै भइराखेको राजनीतिक प्रतिशोधको केही घटनाहरुमा पार्टीको तर्फबाट ध्यानकर्षण भएको र हाम्रो सरोकार रहेको कुरा पनि राख्न चाहन्छौं । हाम्रो पार्टी सभापतिप्रति भयो, हालसालै रेशम चौधरीप्रति भयो, माधवकुमार नेपालज्युको पनि बयान लिइँदैछ भन्ने सुन्दैछौं । अब के सिके राउतप्रति आक्रमण हुन्छ कि ? त्यसैलाई यसलाई हामी एउटा राजनीतिक प्रतिशोधको क्रमको रुपमा हेरिराखेका छौं । गम्तिापूर्वक लिइराखेका छौं । र सधैं चुप लागेर बस्न सकिने अवस्था नरहन पनि सक्छ भन्न चाहन्छौं ।’
उनले जानकी जयन्तीको अवसरमा सार्वजनिक बिदा नदिइएको भन्दै आपत्ति समेत जनाएका छन् ।

आज विद्यादेवी भण्डारीले सम्पर्क कार्यालय उद्घाटन गर्दै

समाजलाई अगाडि बढाउन महिलाकोे विशेष भूमिका : उपप्रधानमन्त्री सिंह

महिलाकै सङ्घर्षले वर्तमान उपलब्धि हाँसिल भएको होः परराष्ट्रमन्त्री देउवा

संघीय सरकारले उत्कृष्ट नतिजा ल्याउने ६ स्थानीय तहलाई सम्मान गर्ने

प्रतिनिधिसभाको बैठक बस्दै

माओवादीद्वारा सरकारको आलोचना

उपसभामुखमाथि लगाएको आरोप कपोकल्पित, सरकारले हटाए गम्भीर गल्ती : प्रचण्ड (भिडि…

प्रतिक्रिया