शनिबार २४ जेठ, २०८२
Saturday, June 07, 2025

यामाहा जेन्युइन स्पेयर पार्टहरू अब दराजमा पनि उपलब्ध

काठमाडौँ– यामाहा नेपालले ग्राहकमैत्री कदम चालेको छ जस अनुसार अब यामाहा मोटरसाइकल र स्कुटरका लागि आवश्यक पर्ने जेन्युइन स्पेयर पार्टहरू नेपालकै लोकप्रिय अनलाइन सपिङ साइट दराजमा पाउन सकिन्छ। यसबाट देशभरका यामाहा सवारीधनीहरू जुनसुकै ठाउँबाट र जुनसुकै समयमा सहज रूपमा स्पेयर पार्टहरू खरिद गर्न सक्नेछन्।

नेपालमा अनलाइन किनमेल क्रमशः बढ्दो क्रममा रहेका बेला यामाहाको यो नयाँ प्रयास निकै सान्दर्भिक रहेको छ। ग्राहकहरूले अब शोरूममा गएर पार्ट खोज्नुपर्दैन, दराजमा गएर सजिलै स्पेयर पार्ट्सका लहरमा हेर्न र आफूलाई आवश्यक परेको पार्ट्स केही क्लिकमै अर्डर गर्न पनि सकिन्छ।

दराजमा यामाहाका मोटरसाइकल र स्कुटरका लागि छुट्टै यामाहा जेन्युइन स्पेयर पार्टहरूको क्याटलग उपलब्ध छ। यी सबै पार्टहरू कम्पनीकै मापदण्डअनुसार गुणस्तर, पर्फर्मेन्स, टिकाउ र सुरक्षाको उच्च स्तर सुनिश्चित हुने गरी निर्माण गरिएका हुन्। यसले सवारीलाई राम्रो अवस्थामा राख्न सहयोग पुर्‍याउँछ।

सवारी साधनहरू लामो समय टिक्नको लागि जेन्युइन पार्टहरूको प्रयोग महत्त्वपूर्ण हुन्छ। सस्तो वा नक्कली पार्ट प्रयोग गर्दा समस्या आउने, नटिक्ने वा सवारीमै क्षति पुर्‍याउने सम्भावना बढी हुन्छ। अब दराजमा यामाहाका १००% असली स्पेयर पार्टहरू पाइने भएकाले ग्राहकहरू निश्चिन्त हुन सक्नेछन्।

दराजमार्फत देशभरि डेलिभरी सेवा पनि उपलब्ध छ। शहर बजारमा बस्ने हुन् वा दुर्गम गाउँमा बस्ने उपभोक्ता हुन्, जसलाई जहाँबाट पनि आवश्यक पार्टहरू सजिलै उपलब्ध हुनेछन्। तत्काल चेन्ज गर्नु पर्ने वा नियमित मर्मतसम्भार गर्नुपर्ने आकस्मिक आवश्यकताका बेलामा यो सेवा झन् उपयोगी हुनेछ।

पूरा प्रक्रिया सहज र प्रयोगकर्तामैत्री बनाइएको छ। कुन पार्ट चाहिएको हो खोज्ने, त्यस सम्बन्धि विवरण हेर्ने अनि अर्डर गर्ने सबै प्रक्रिया सरल छ। सुरक्षित अनलाइन भुक्तानी, अर्डर ट्र्याकिङ र समयमै डेलिभरीले गर्दा ग्राहकलाई आत्मविश्वासका साथ सेवा लिन सजिलो भएको छ। यसरी यामाहाले आफनो आफ्टर सेल्स सर्भिसलाई अझ छिटो, आधुनिक र भरपर्दो डिजिटल युगमा प्रवेश गराएको छ।

यामाहा नेपाल र दराजको सहकार्य ग्राहकहरूका लागि एकदम लाभदायक भएको छ। यसले मोटरसाइकल चलाउने अनुभवलाई अझ सजिलो र विश्वसनीय बनाएको छ। अब यामाहाका सवारीधनीहरूले विश्वसनीय, गुणस्तरीय र असली स्पेयर पार्टहरू औंलाको एक ट्यापमै पाउन सक्नेछन्।

छिट्टै नयाँ मोडेलहरू सार्वजनिक गर्दै सेरेस, नेपालमा आफ्नो उपस्थिति पुनः पुष्टि गर्दै

छिट्टै नयाँ मोडेलहरू सार्वजनिक गर्दै सेरेस, नेपालमा आफ्नो उपस्थिति पुनः पुष्टि…

नेपालमा आफ्नो उपस्थिति पुनः पुष्टि गर्दै सेरेस, छिट्टै नयाँ मोडेलहरू सार्वजनिक गर्ने

नेपालमा आफ्नो उपस्थिति पुनः पुष्टि गर्दै सेरेस, छिट्टै नयाँ मोडेलहरू सार्वजनिक…

डोङफेङ नामीको अन्तर्राष्ट्रिय सफलता: ४० भन्दा बढी देशमा १२,००० भन्दा बढी युनिटहरू निर्यात

डोङफेङ नामीको अन्तर्राष्ट्रिय सफलता: ४० भन्दा बढी देशमा १२,००० भन्दा बढी युनिट…

इनड्राइभले भन्योः चालक र यात्रुलाई भाडादर तोक्ने अधिकार दिएको छ

इनड्राइभले भन्योः चालक र यात्रुलाई भाडादर तोक्ने अधिकार दिएको छ

यामाहा नेपालले ल्यायो MT-15 भर्सन 2 किन्ने देशभरका ग्राहकका लागि विशेष राइडिङ ज्याकेट अफर

यामाहा नेपालले ल्यायो MT-15 भर्सन 2 किन्ने देशभरका ग्राहकका लागि विशेष राइडि…

क्याटल र फोटोन मोटरबीच कमर्सियल भेहिकल इलेक्ट्रिफिकेसनका लागि सँगै अघि बढ्ने सम्झौता

क्याटल र फोटोन मोटरबीच कमर्सियल भेहिकल इलेक्ट्रिफिकेसनका लागि सँगै अघि बढ्ने …

यामाहा नेपालद्वारा नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ सफलतापूर्वक सम्पन्न

यामाहा नेपालद्वारा नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ सफलतापूर्वक सम्पन्न

नामी र सेरेसले बजेट घोषणा अघि नेपालभर सुरु गर्‍यो “इज अन वालेट”

नामी र सेरेसले बजेट घोषणा अघि नेपालभर सुरु गर्‍यो “इज अन वालेट”