४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

सिरहा- सिरहामा प्रहरीले भारी मात्रामा लागूऔषधसहित दुई जनालाई पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका-१५ का २१ वर्षीय सन्तोष यादव र लहान-१६ का २२ वर्षीय जितेन्द्र यादव रहेका छन् ।
जिल्लाको लहान नगरपालिका-१७ स्थित बलान खोलाबाट बुधबार प्रहरीले उनीहरूले बोरामा ल्याउँदै गरेको २४० बोतल र लुकाएर राखेको २१३ गरी ४४३ बोतल अनरेक्स नामक लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जना र उनीहरूले प्रयोग गरेको म.प्र.०१–००४ प ५९८५ र स ३ प १७२मोटरसाइकल -२ थान र दुई थान मोबाइल पनि नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता तथा डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे

बलान नदीमा डुबेर बालक बेपत्ता
मधेसमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमान

बसको ठक्करबाट मृत्यु

मधेस प्रदेशमा लम्पीस्किनको सङ्क्रमणबाट एक हजार सात सय पशु मरे

मिथिलामा राखी पर्व मनाइँदै

दुग्धेश्वरनाथको धर्मशाला निर्माण १५ वर्षदेखि अधुरो

प्रतिक्रिया