आधुनिक पद्धति र प्रविधिको प्रयोगबाट न्यायमा नागरिकको सहज पहुँच स्थापित गर्नुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक पद्धति र प्रविधिको प्रयोगबाट आम नागरिकको न्यायमा सहज पहुँच स्थापित गर्न जोड दिएका छन् ।
शुक्रवार काठमाडौंमा कानून दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालको संविधानको मर्म एवं वर्तमान आवश्यकताअनुरुप नयाँ कानूनको निर्माण र प्रचलित कानूनमा समसामयिक सुधार गरी आधुनिक पद्धति र प्रविधि समेतको प्रयोगबाट आम नागरिकको न्यायमा सहज पहुँच स्थापित गर्ने, मुद्दाको शिघ्र व्यवस्थापनमार्फत छिटो छरितो न्याय सम्पादन गर्ने, विधिको शासन कायम गर्ने तथा न्यायिक मूल्य, मान्यतामा क्षयिकरण हुन नदिइ न्यायपालिकाको जनआस्था वृद्धि गर्न जरुरी रहेको उल्लेख गरे ।
नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानूनी राज्यको अवधारण लगायतका लोकतान्त्रिक मूल्य, मान्यताप्रति प्रतिवद्ध प्रणालीको व्यवस्था गरेको बताए ।
राष्ट्रपति पौडेलले भने, ‘नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानूनी राज्यको अवधारण लगायतका लोकतान्त्रिक मूल्य, मान्यताप्रति प्रतिवद्ध प्रणालीको व्यवस्था गरेको छ । यि मूल्य, मान्यताहरुप्रति प्रतिवद्ध रहँदै सोको संरक्षण र प्रवद्र्धन गर्ने एवं न्यायपूर्ण समाज निर्माण गर्ने सन्दर्भमा न्याय र कानून जगतको महत्वपूर्ण दायित्व रहने हुँदा आजको यस दिनले न्याय र कानूनको क्षेत्रमा आवद्ध सबैको मन र मष्तिष्कमा उत्तरदायित्वको बोध निरन्तर गराइरहनेछ । नेपालको संविधानको मर्म एवं वर्तमान आवश्यकताअनुरुप नयाँ कानूनको निर्माण र प्रचलित कानूनमा समसामयिक सुधार गरी आधुनिक पद्धति र प्रविधि समेतको प्रयोगबाट आम नागरिकको न्यायमा सहज पहुँच स्थापित गर्ने, मुद्दाको शिघ्र व्यवस्थापनमार्फत छिटो छरितो न्याय सम्पादन गर्ने, विधिको शासन कायम गर्ने तथा न्यायिक मूल्य, मान्यतामा क्षयिकरण हुन नदिइ न्यायपालिकाको जनआस्था वृद्धि गर्ने सुनिश्चितताका लागि यो कानून दिवसले सबैमा सकारात्मक सोच, हौसला र प्रेरणा प्रदान गर्न सकोस् ।’
राष्ट्रपति पौडेलले मूल्य, मान्यताहरुप्रति प्रतिवद्ध रहँदै सोको संरक्षण र प्रवद्र्धन गर्ने एवं न्यायपूर्ण समाज निर्माण गर्ने सन्दर्भमा न्याय र कानून जगतको महत्वपूर्ण दायित्व रहेको बताए

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री राणा

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीबारे के भन्छ परराष्ट्र मन्त्रालय ?

विद्युत् प्राधिकरणको डिडिए गराउँछौँः मन्त्री खड्का

नीति तथा कार्यक्रम माथिको छलफल कर्मकाण्डी : कार्यवाहक सभापति अर्याल

राजावादीप्रति गोकुल बास्कोटाको कटाक्षः तासका बुकका राजा–रानी खोजेर जिन्दगी ग…

राजेन्द्र लिङ्देनको प्रस्ताव : प्रदेश संरचना खारेज गरी सबै अटाउने मौलिक व्यवस्थ…

नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादीः सांसद शर्मा
_Uu8QtcRUq5_c5daxua7u2lthwakquzw3byjzu0mmnnuolmwi1wxj5eobtgmwpookpmewejd_VmiPjkv7b0_az88csl4gdztyw3hnwkj9d6wq3iyhjxme0ostrfbq9tbnyfswx19gtsrnuyg.jpg)
प्रतिक्रिया