राजावादीप्रति गोकुल बास्कोटाको कटाक्षः तासका बुकका राजा–रानी खोजेर जिन्दगी गुजार्नुस्

काठमाडौँ- नेकपा (एमाले) का सांसद गोकुल बास्कोटाले राजा खोजेर समय बर्बाद नगर्न राजावादीहरुलाई सुझाव दिएका छन् ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद बास्कोटाले राजावादीलाई यस्तो सुझाव दिएका हुन् ।
उनले राजसंस्थाको वकालत आएको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आन्दोलन गर्ने नभई आगामी निर्वाचनमा बहुमत ल्याउने कोशिस गर्न समेत सुझाव दिए । उनले कुनैपनि हालतमा समाज पछाडि नजाने भन्दै तासका बुकका राजा–रानी खोजेर अब जिन्दगी गुजार्नुस् भन्दै कटाक्ष गरे ।
उनले भने, ‘केही साथीहरु व्यवस्था परिवर्तन गर्ने भन्दै आन्दोलन गरिरहेका छन् । सरकारले संविधान नै संशोधन गर्ने भनिरहेको छ त किन आन्दोलन गर्नुपर्यो ? यहाँबाट तपाईंको दुई तिहाई पुग्दैन होला । अर्को चुनावमा कोशिस गर्नुस् । बहुमत ल्याउनुस् । तासका बुङका राजा–रानी खोजेर अब जीन्दगी गुजार्नुस् । बाँकी त कहाँबाट आउनु । राजा राजा भनेको छ अब त निद्रा पनि नपर्लाजस्तो भइसक्यो । आउदैन हजुर त्यो । यो पनि समयको बर्बादी हो के । लोकतन्त्रको विकल्प छैन, समाज पछाडि फर्किंदैन ।’
उनले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको स्वागत गर्दै समग्र मुलुकको विकासमा टेवा पुग्नेगरी विकास गर्न जरुरी रहेको बताए ।

माओवादीद्वारा सरकारको आलोचना

उपसभामुखमाथि लगाएको आरोप कपोकल्पित, सरकारले हटाए गम्भीर गल्ती : प्रचण्ड (भिडि…

प्रमुख सचेतकले सञ्चै छ भनेर सोध्नुभयो, सञ्चै छु भनेर फर्किएँ : गोकुल बास्कोटा

खाली कागजमा हस्ताक्षर गरेका छौँ : योगेश भट्टराई

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक भदौ २५ गते आह्वान

खाली कागजमा हस्ताक्षर गरेर फर्किँदै सांसदहरू, २ बजेसम्म हस्ताक्षर गरिसक्न निर्दे…

उपसभामुखलाई हटाउने जोड-घटाउ : कुन दलका कति छन् सांसद ? दुईतिहाई पुर्याउन …

प्रतिक्रिया