पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीबारे के भन्छ परराष्ट्र मन्त्रालय ?

काठमाडौँ- पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ सरकार पूर्ण रूपमा सचेत रहेको सरकारले बताएको छ । शुक्रबार परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।
'हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी एवं अन्य नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत छ' विज्ञप्तिमा भनिएको छ 'यसको निमित्त पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरुसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको छ ।'
त्यस्तै तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उनीहरुका अभिभावक, आफन्त एवं त्यहाँ रहेका नेपालीले इस्लामावादस्थित नेपाली राजदूतावासको + ९२ ३३१३२९३११९ र +९२ ३४०५१७४२६१ नम्बरमा फोन गर्न वा [email protected] मा इमेल गर्न विज्ञप्तिमा भनिएको छ ।

नख्खु कारागार पुगे रवि लामिछाने

श्रीकृष्णको जीवन गहिरो आध्यात्मिक ज्ञानको स्रोत हो : उपराष्ट्रपति यादव

श्रीमतीलाई पोलिटब्युरो सदस्य बनाएका वामदेवले पाए समाजवादीमा तेस्रो वरियताक्रम

दुई समितिको बैठक बस्दै

राष्ट्रियसभाको बैठक बस्दै

राष्ट्रिय पुँजीको संरक्षणका लागि पार्टीले निरन्तर सङ्घर्षरत गरिरहेको छः अध्यक्ष द…

नागरिकलाई नियन्त्रण गर्नेभन्दा सचेत बनाउनुपर्नेः महामन्त्री थापा

प्रतिक्रिया