आइतबार ०१ भदौ, २०८२
Sunday, August 17, 2025

भारतस्थित नेपाली दूतावासले भन्‍यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्देशन पालना गर्नू

काठमाडौँ- भारत–पाकिस्तानले एकअर्कामा आक्रमण गरेपछि भारतमा रहेको नेपाली दूतावासले भारतमा रहेका नेपालीहरूलाई सुरक्षासम्बन्धी निर्देशन पालना गर्न आग्रह गरेको छ ।

शुक्रबार एक सूचना जारी गर्दै दूतावासले सुरक्षासम्बन्धी निर्देशन पालना गर्न आग्रह गरेको हो ।

‘भारतको जम्मु–कश्मीर राज्यको पहलगाममा भएको आतंकवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन एवं संकटकालीन अवस्थामा सुरक्षित आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न तथा भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षासम्बन्धी निर्देशनहरूको पालना गर्न नेपाली दूतावास, नयाँदिल्ली अनुरोध गर्दछ,’ सूचनामा लेखिएको छ ।