चीन–अमेरिका वार्ता कुशल व्यापार सम्बन्धतर्फ अघि बढ्ने राष्ट्रसंघको विश्वास

संयुक्त राष्ट्रसंघ- स्विट्जरल्याण्डमा हुने चीन र संयुक्त राज्य अमेरिकाबीचको वार्ताले दुई देशको कुशल र प्रभावकारी व्यापार सम्बन्धतर्फ अघि बढ्न मद्दत गर्नेमा संयुक्त राष्ट्रसङ्घ आशावादी रहेको राष्ट्रसङ्घका प्रवक्ता स्टेफेन डुजारिकले बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसका उपप्रवक्ता फरहान हकले नियमित पत्रकार सम्मेलनमा भने “हामी आशा गर्छौँ, वार्ताले अमेरिका र चीनको व्यापार सम्बन्धमा थप सहजता र सरलतातर्फ अघि बढ्न मद्दत गर्नेछ ।”
संयुक्त राष्ट्रसङघका प्रमुख ‘विश्वव्यापी युद्धले विकासशील देशलाई असर गर्न सक्छ भन्ने विषयमा चिन्तित रहेकाले त्यसबाट बच्नको लागि कुनै पनि प्रयास स्वागतयोग्य हुने’ हकले बताए ।
चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा उपप्रधानमन्त्री हे लाइफेङले मे ९ देखि १२ सम्म स्विट्जरल्याण्डको भ्रमण गर्न कार्यक्रम तय भएको जनाइएको छ । स्विट्जरल्याण्डको भ्रमणको क्रममा उनले चीन–अमेरिका आर्थिक तथा व्यापार मामिलाका लागि चिनियाँ प्रतिनिधिको रूपमा अमेरिकी प्रतिनिधि स्कट बेसेन्टसँग भेटवार्ता गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले घोषणा गरेका छन् । (सिन्ह्वा)
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_6QMNtstKta_ovrtdqnkn8awyq3s8nwqft1f1e9a1qscblmslytzdyrkwwwkglx60jig5xra_x3qtEcT5ku_gs6wujgsqvjdvxvjtokjsembjo4xxonrss4yd8nic0ntli9fi45lctmfgfs8.jpg)
पाकिस्तानमा बाढी र पहिरोको प्रकोपः ३२० को मृत्यु, हजारौँ प्रभावित

युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प
_A3MPdgTLYc_dmbmzel8xkkzo0neug4tgaducurlfxlavwdht8whn1kawzgenysyzex2mfys_DVG7FpQl2u_809wemgko47hzcknltdss7lychovteo4bgyn0zjh91g86mtroyhw5gm2gcba.jpg)
अमेरिका–रूस शिखर बैठक: वार्ता सकारात्मक ,तर कुनै सम्झौता भएन

आज ट्रम्प-पुटिनबीच वार्ता, यस्तो छ सुरक्षा व्यवस्था

पेरुका पूर्वराष्ट्रपति भ्रष्टाचारको आरोपमा जेल चलान, अहिलेसम्म पाँच पूर्वराष्ट्रप…

अलास्काको सैन्य अड्डामा हुनेछ ट्रम्प र पुटिन वार्ता

इरानको अडान यथावत रहेमा प्रतिबन्ध पुनः लागू गर्न समर्थन दिन इयू तयार

प्रतिक्रिया