अफगानिस्तानमा गीत बजाएको आरोपमा १४ जना पक्राउ

काबुल- अफगानिस्तानको उत्तरी क्षेत्रमा तालिबान अधिकारीहरूले सत्ता सम्हालेयता प्रतिबन्धित वाद्यवादन र गीत गाउने १४ जनालाई शुक्रबार पक्राउ गरेको प्रान्तीय प्रहरीले शनिबार जनाएको छ।
तालिवान सरकारले सन् २०२१ मा सत्ता कब्जा गरेदेखि नै इस्लामी कानुनप्रतिको उनीहरूको कठोर दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने कानून र नियमहरू निरन्तर लागू गर्दै आएको छ।
प्रतिबन्धित गीत सङ्गितलाई सार्वजनिक रूपमा प्रत्यक्ष प्रदर्शनदेखि लिएर जमघटमा, रेस्टुरेन्टमा, कारमा वा रेडियो र टिभीमा बजाउनसमेत निषेध गरिएको छ ।
प्रहरीले एक विज्ञप्ति जारी गर्दै बिहीबार राति उत्तरी तखार प्रान्तको राजधानीमा ‘रातको समयको फाइदा उठाउँदै’ एक आवासीय घरमा भेला भई चौध जनाको एक समूहले बाजा बजाइरहेका थिए र गीत गाइरहेका थिए । प्रशासनले ती गीतले जनतामा अशान्ति पैदा गरेको आरोप लगाइएको छ ।
पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको बताइएको छ ।
तालिबानले अफगानिस्थानको सत्ता आफ्नो कब्जामा लिएपछि अधिकारीहरूले सङ्गीत विद्यालयहरू बन्द गरेका थिए र सङ्गीतले ‘नैतिक भ्रष्टाचार’ र सार्वजनिक अशान्ति निम्त्याएको भन्दै वाद्ययन्त्र र ध्वनि प्रणालीहरू भाँच्ने फुटाउने वा जलाउने गरेका थिए।
विवाह घरहरूमा अहिलेसङ्गीत बजाउन अनुमति छैन तर अलग–अलग महिला समूहहरू प्रायः गोप्य रूपमा भेला भई गीत सङ्गीतको आनन्द लिने गर्छन् ।
अफगानिस्तानमा आफ्नो जीविकोपार्जन गुमाएपछि धेरै अफगानी सङ्गीतकर्मीहरू डरले वा कामको खोजीमा तालिवान प्रशाशित यस मुलुकबाट पलायन भएका छन् ।
तालिवान अधिकारीहरूले पूर्व सङ्गीतकारहरूलाई उनीहरूको अघिल्लो शासनमा १९९६–२००१ को शासनकालमा अनुमति दिइएको गीत सङ्गीत सिर्जना गर्न र आफ्नो प्रतिभालाई इस्लामी कवितातर्फ केन्द्रित गर्न वाश्लोकहरूमा इस्लाम मन्त्र समेट्न प्रोत्साहित गर्नेगरेका छन् । (एएफपी)

ट्रम्प-पुटिन बैठकस्थल नजिकै ५ चिनियाँ अनुसन्धान जहाज देखिए

आइएइएसँगको वार्ता ‘प्राविधिक’ र ‘जटिल’ हुन्छ : इरान

ट्रम्प र पुटिनको बैठकअघि युक्रेनबारे तत्काल बैठक गर्ने इयूको तयारी
चीनको सवारी साधन उद्योगमा उत्पादन र बिक्रीमा उल्लेखनीय वृद्धि

अलास्कामा हुने ट्रम्प–पुटिन वार्ताः रणनीतिक महत्वको समीक्षा

नाइजेरियामा सैनिक कारबाहीमा १०० भन्दा बढी आपराधिक समूहका सदस्य मारिए

दिल्लीमा बेवारिसे कुकुरहरूलाई पक्राउ गर्न भारतीय सर्वोच्च अदालतको आदेश
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_ynWoR3u6n4_xram61advw0ciadshpaafbqz0idg1zglbfoj8vcreru22tgyx4hvjsbgfq9k_FNe5BX8wtF_iubmj1o8hyvl4xejpbhphtdiuvs3cikv6zaidktdm2edkh09tbmyi2gcqs9g_G56ed6xXZy_amzeukrcez5kz1cpjbehli7mgl3ejgegrte4ofqogao8pivs2hgyelfp87po.jpg)
प्रतिक्रिया