राजतन्त्रकालमा १० वर्षमा मुद्दा सकियो, थप ४ वर्ष फ्रिमा थुनिदियो : प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई ४ बर्ष अनाबश्यक थुनामा राखेको बताएका छन् ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उठाएको प्रश्नको जवाफ दिँदै उनले १० वर्षमा मुद्दा सकिएको भए पनि थप ४ बर्ष अनावश्यक थुनेको बताएका हुन् ।
‘१० वर्षमा मुद्दा सकियो तर थप ४ बर्ष फ्रिमा थुनिदियो, थुनिने म आफैँ साक्षी रहेको छु,’ उनले भने ।
उनले गत १५ चैतमा भएको राजावादी आन्दोलनको नेतृत्व् र त्यसको जिम्मेवारी लिन कोही अघि नआएको पनि उनले बताए । ‘चैत १५ गतेको आन्दोलनको नेतृत्व बेवारिस भएको छ, तपाई हो नेतृत्वकर्ता हो भन्दा होइन, अहिले म होइन, म होइन् भन्छन्,’ उनले भने, ‘के दिक्क लाग्यो भनेर जडिबुटीले आफैँ आगो लगाएर आत्महत्या गरेको हो ?’
उनले केही दिन अघि राजावादीको भेलामा ‘राजासँग नमिले भाग्ने दिन आउँछ’ भन्ने भनाई प्रति पनि टिप्पणी गरेका छन् । ‘जनताले यसअघि नै फालेको प्रतिगामीहरूलाई ल्याउनका लागि राजासँग नमिले भाग्नु पर्छ भन्ने अभिब्यक्ति सुने, म त पाको भएँ, कहाँ भाग्न सक्छु र ? नेपाली जनतालाई ललकार्ने नेपाली जनता भाग्दैन, भाग्दै भाग्दैन । हामी पाका मान्छे कहाँ भाग्ने ? भाग्ने त तपाई युवाहरु सक्नुहुन्छ, हामी बुढापाका भाग्न सक्दैनौ, हामी भाग्दैनौं ।’

श्रीमतीलाई पोलिटब्युरो सदस्य बनाएका वामदेवले पाए समाजवादीमा तेस्रो वरियताक्रम

दुई समितिको बैठक बस्दै

राष्ट्रियसभाको बैठक बस्दै

राष्ट्रिय पुँजीको संरक्षणका लागि पार्टीले निरन्तर सङ्घर्षरत गरिरहेको छः अध्यक्ष द…

नागरिकलाई नियन्त्रण गर्नेभन्दा सचेत बनाउनुपर्नेः महामन्त्री थापा

भारत भ्रमणअघि चीन जाँदै प्रधानमन्त्री ओली, मोदी र सीसँग भेटवार्ता हुने

प्रधानमन्त्री ओली र मन्त्रीहरूबीच आज कार्यसम्पादन सम्झौता हुँदै

प्रतिक्रिया