बद्री केसी नेतृत्त्वको समिति वैधानिक होः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बद्री केसी नेतृत्वको गैह्रआवासीय नेपाली सङ्घ नै वैधानिक भएको बताएका छन् ।
बद्री केसी नेतृत्वको गैह्रआवसीय नेपाली सङ्घले बुधबार काठमाडौंमा आयोजना गरेको ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ को उद्घाटन गर्दैै प्रधानमन्त्री ओलीले केसीको वैधानिक कार्यकाल अझै कायम रहेको बताएका हुन् । सर्वोच्च अदालतको फैसलामा पनि आगामी कार्तिक ४ गतेसम्म केसीको नेतृत्वको संस्था निरन्तर रहेको उल्लेख भएको उनले बताए ।
केसी नेतृत्वको गैह्रआवसीय नेपाली सङ्घले लोकतान्त्रिक र विधिवत महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने उनले विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले संस्थाको उद्देश्यसँग नमिल्ने प्रवृत्तिहरु देखापर्नु उचित नहुनेमा जोड दिँदै संकीर्ण भावना त्यागेर उन्नतस्तरको एकतामा लाग्न आग्रह गरे । आपसमा मिलेर एकताबद्ध भएर जानुपर्ने ठाउँमा व्यक्तिका लागि विधान फेर्ने ढंगले संस्था चल्न नसक्ने उनले बताए ।
प्रधानमन्त्री ओलीले गलत उदेश्यका कारण एकता महधिवेशनका नाममा हानाहन र ठोकाठोकको स्थिति उत्पन्न भएको तर्क गरे । उनले स्वार्थका आधारमा गैह्रआवसीय नेपाली सङ्घ बिभाजन गर्नु उचित नभएको भन्दै असन्तुष्ट पक्षसँग छलफल गर्दै यसै नेतृत्वमा समावेश गरेर अघि बढाउनका लागि उदार भएर प्रस्तुत हुन सुझाव दिए ।
उनले नेपाली डायस्पोराका हकहितका साथै आपसी चिनजान, नेपाली संस्कृति परम्पराको निरन्तरता र देशका लागि के योगदान गर्न सकिन्छ भन्ने पवित्र उद्देश्यबाट बिचलित नहुने आग्रह गरे। प्रधानमन्त्री ओलीले गैह्रआवासीय नेपालीसँग सम्बन्धित कानुनमा गर्नुपर्ने संशोधनका लागि प्राप्त सुझावका आधारमा सरकारले काम गर्ने प्रतिबद्धता जनाए ।

राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुप परिवर्तन गरौँ : श्रेष्ठ

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत

शहरी विकास मन्त्रालयमा बजेट माग्नेको भिड, १५ हजार योजनामा बजेट माग

लोकतन्त्रमा कुनै अराजकता स्वीकार्य हुँदैनः गृहमन्त्री लेखक

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन…

प्रतिक्रिया