राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुप परिवर्तन गरौँ : श्रेष्ठ

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुपमा परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । बुधबार राष्ट्रियसभा बैठकमा बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा श्रेष्ठले राजनीतिक अस्थिरता अन्त्य गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानुपर्ने बताएका हुन् ।
उनले महँगो र भ्रष्टीकृत निर्वाचन प्रणाली फेरेर पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने उल्लेख गरे । श्रेष्ठले जननिर्वाचित सांसदहरुलाई कानून बनाउनमा केन्द्रीत गर्दै सरकार सञ्चालनका लागि मन्त्रीहरुलाई बाहिरबाटै नियुक्त गर्नुपर्ने धारणा व्यक्त गरे । उनले सुशासन, मितव्ययिता अहिलेको आवश्यकता भएकाले संघ र प्रदेशमा सांसदहरुको संख्या घटाउनुपर्ने र मन्त्रीमण्डलको संख्या पनि घटाउनुपर्ने बताए । श्रेष्ठले कमजोर विधिको शासन र भ्रष्टाचारीको संरक्षण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने समेत उल्लेख गरे ।
उनले बजेटका सन्दर्भमा हुने छलफलमा आएका सुझावहरुलाई समेट्ने नदेखिएकाले यस्ता छलफल र बहसहरुलाई व्यहारिक बनाउन सुझाव समेत दिए ।

कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिन्छः कांग्रेस प्रवक्ता महत

लगानी बोर्ड बैठक : परियोजनाहरुको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत

शहरी विकास मन्त्रालयमा बजेट माग्नेको भिड, १५ हजार योजनामा बजेट माग

बद्री केसी नेतृत्त्वको समिति वैधानिक होः प्रधानमन्त्री ओली

लोकतन्त्रमा कुनै अराजकता स्वीकार्य हुँदैनः गृहमन्त्री लेखक

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिक्रिया