अप्रिलयता सोमालियामा बाढीबाट ८४ हजारभन्दा बढी प्रभावित
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_yONE60UgtG_hlefjk2iixt7ez41nvq3mjbrptcok7epphc5dtwncovkibdtpem6wktj3w6j.jpg)
मोगादिशु- अप्रिलको मध्यदेखि सोमालियामा आकस्मिक बाढीबाट ८४ हजारभन्दा बढी मानिस प्रभावित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
राष्ट्रसङ्घीय मानवीय एजेन्सी ओसिएचएको एक प्रतिवेदनअनुसार भारी मौसमी वर्षाका कारण आएको आकस्मिक बाढीले अप्रिलको मध्यदेखि विभिन्न क्षेत्रमा १७ जनाको ज्यान लिएको छ र ८४ हजारभन्दा बढी मानिस प्रभावित भएका छन् ।
राष्ट्रसङ्घीय प्रतिवेदनअनुसार मौसमविद्हरूले दक्षिणी र मध्य सोमालियामा आगामी दिनमा थप वर्षा हुने चेतावनी दिएका छन् ।
हर्न अफ अफ्रिका जलवायु परिवर्तनको सबैभन्दा जोखिममा रहेका क्षेत्रहरू मध्ये एक हो र चरम मौसमका घटनाहरू बढ्दो र तीव्र हुँदै गइरहेका छन् ।
सन् २०२३ मा सोमालिया भीषण बाढीबाट प्रभावित भएको थियो । एल निनो मौसम ढाँचासँग जोडिएको मुसलधारे वर्षाले गर्दा आएको गम्भीर बाढीपछि एक सय जनाभन्दा बढी मानिसको मृत्यु भएको थियो भने १० लाखभन्दा बढी विस्थापित भएका थिए । (क्युएनए)

किम जोङ उनद्वारा नयाँ युद्धपोत निरीक्षण, दक्षिण कोरिया–अमेरिका अभ्यासको आलोचना

युक्रेनको सुरक्षा प्रत्याभूतिका लागि अमेरिकी हवाई सहयोग सम्भव: ट्रम्प
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_6QMNtstKta_ovrtdqnkn8awyq3s8nwqft1f1e9a1qscblmslytzdyrkwwwkglx60jig5xra_xzI6vZoXsL_d9vfadljohcs0kpiv4vjab5dmz0go2chtrsyufydryw9bbtvlzzyhpftp5zd.jpg)
पाकिस्तानमा बाढी र पहिरोको प्रकोपः ३२० को मृत्यु, हजारौँ प्रभावित

युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प
_A3MPdgTLYc_dmbmzel8xkkzo0neug4tgaducurlfxlavwdht8whn1kawzgenysyzex2mfys_deouAmvfhg_mfilelzgr4h46cm60i7ckvw19v0qiw2mq77tz1lhtq8t6is89bpbrmgas6pw.jpg)
अमेरिका–रूस शिखर बैठक: वार्ता सकारात्मक ,तर कुनै सम्झौता भएन

आज ट्रम्प-पुटिनबीच वार्ता, यस्तो छ सुरक्षा व्यवस्था

पेरुका पूर्वराष्ट्रपति भ्रष्टाचारको आरोपमा जेल चलान, अहिलेसम्म पाँच पूर्वराष्ट्रप…

प्रतिक्रिया