हिमालदेखि महासागरसम्मको सोच जरुरी : प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि महासागरसम्मको सोच जरुरी रहेको बताएका छन् ।
शुक्रवारबाट काठमाडौंमा शुरु भएको सगरमाथा संवादको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले हिमालहरु विश्वका विभिन्न वार्ताहरुमा उपेक्षित हुने गरेको भन्दै हिमाललाई नबिर्सिन विश्वसँग खबरदारी गरे ।
उनले हिमालले नै जलवायु सन्तुलन राख्ने र पानीको भण्डारण गर्ने बताए । उनले जीवन र विश्व बचाउन शाहसी र एकीकृत दृष्टिकोण चाहिएको बताए । हिमालहरू उपयुक्त सम्मानका हकदार रहेको पनि बताए । स्वच्छ ऊर्जामा लगानी बढाउनुपर्ने, जलवायु–उत्थानशील बालीहरू बढाउनुपर्नेमा जोड दिए । जोखिम मूल्याङ्कन बलियो बनाउन विश्वका नेताहरुसँग आह्वान गरे ।
‘हामी हिमाललाई नबिर्सौं । विश्वका वार्ताहरूमा तिनीहरू प्रायः जसो उपेक्षित हुन्छन् । तर तिनैले जलवायु सन्तुलन कायम राख्छन् । तिनैले पानीको भण्डारण गर्छन् । तिनैले जमिनलाई पुनःसिञ्चित गर्छन् । तिनैले जीवनको रक्षा गर्छन्' उनले भने 'जब हिमाल पग्लिन्छन् — उपत्यकाहरू पीडित हुन्छन् । नदीहरू सुक्छन् । बालीहरू नष्ट हुन्छन् । सागरहरू उर्लन्छन् । जीवन विखण्डित हुन्छ । हिमालय—हाम्रो तेस्रो ध्रुव—विश्व औसतभन्दा छिटो तात्दैछ । हिमनदीहरू हराउँदैछन् । हिमतालहरू फैलिँदैछन् ।'
'तटीय क्षेत्रका करोडौं मानिसहरू—जोखिममा छन् । हामीलाई साहसी, एकीकृत दृष्टिकोण चाहिएको छ । हिमालदेखि महासागरसम्मको सोच चाहिएको छ । हिमालहरू उपयुक्त सम्मानका हकदार हुन् । हामीले ध्यान दिनुपर्छ । विशेष वित्तीय सहयोगसहित । तदनुकूलका नीतिहरू सहित । हामीले स्वच्छ ऊर्जामा लगानी गर्नुपर्छ । जलवायु–उत्थानशील बालीहरू बढाउनु पर्छ' प्रधानमन्त्री ओलीले भने ''महिला र युवालाई अगाडि ल्याउनु पर्छ । र विस्थापितहरूलाई सुरक्षा दिनुपर्छ । आउनुस् जोखिम मूल्याङ्कन बलियो बनाऔं । पूर्वसूचना प्रणाली निर्माण गरौं । डाटा साझेदारी गरौं । सीमापार सहकार्य मजबुत पारौं । र सबैभन्दा महत्वपूर्ण—हाम्रो प्राचीन ज्ञानलाई आधुनिक नवप्रवर्तनसँग आवद्ध गरौं । यसरी नै हो—दीगो उत्थानशीलता बढाउने । यसरी नै हो—पृथ्वीको सम्मान गर्ने । र यसरी नै हो—हाम्रो साझा भविष्य जोगाउने ।’
प्रधानमन्त्री ओलीले साझा भविष्य जोगाउन सबै मिलेर काम गर्नुपर्ने बताए ।

विपद् जोखिमलाई दृष्टिगत गर्दै तयारीमा जुट्न मुख्यमन्त्री पाण्डेको आग्रह

कर्मचारीतन्त्रले नागरिकको मन जितेमात्र लोकतन्त्र दरिलो हुन्छः राष्ट्रपति पौडेल

निष्पक्षता कायमका लागि लोकसेवा आयोगको जनविश्वास प्रबल छः प्रधानमन्त्री ओली

कांग्रेस केन्द्रीय समितिको बैठक आगामी असार १५ गते बस्दै

२ बुँदे सहमतिबारे विराटनगरमा प्रचण्डलाई प्रश्नैप्रश्न

अपाङ्गता भएका व्यक्तिहरूको हकहितका लागि विधान संशोधन गर्न तयारी छौँः सभापति …

‘कांग्रेसले संयमित र जिम्मेवार भएर राजनीति गर्छ’

प्रतिक्रिया