‘हिमालका विषय उजागर गर्न सफल भएका छौँ’ : सचिव राई

काठमाडौँ । परराष्ट्र सचिव अमृतबहादुर राईले नेपाल सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवादमार्फत हिमालका विषय उजागर गर्न सफल भएको बताएका छन् ।
संवादको समापनपछि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले संवादबाट नेपालले विश्वमा आफ्नो छवि थप उचाइ पुर्याउन, जलवायु चुनौती र भइरहेका विषयलाई थप उजागर गर्ने सन्दर्भमा सफलता प्राप्त भएको बताए । उनले भने, “संवादमा हिमालका विषय उजागर गरिएका छन्, यी हिमाली क्षेत्रको मात्र नभई टापुसम्मको चासोका विषय हुन् ।”
जलवायुका विषयमा क्षेत्रीय र विश्वव्यापी रूपमा साझेदारीका साथ अघि बढ्ने विषयमा संवादमा छलफल भएको बताउँदै सचिव राईले अतिकम विकसित र विकासोन्मुख मुलुकलाई विकसित राष्ट्रले गर्नुपर्ने सहयोग र सहकार्यका सम्बन्धमा बृहत् र उपलब्धिमूलक छलफल भएको उल्लेख गरे ।
त्यस्ता मुलुकले पेरिस सम्झौता र आफ्ना राष्ट्रिय निर्धारित योगदानका लक्ष्य कार्यान्वयन गर्न नसक्ने सम्बन्धमा विश्वको ध्यानाकर्षण गराउन संवाद सफल भएको उनको भनाइ छ । उनले जलवायुका समस्या समाधानमा विश्वव्यापी साझदारीका साथ सहभागी सबैले प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरे।
यही जेठ २ गतेदेखि सुरु भएको सगरमाथा संवाद कार्यक्रम आज सम्पन्न भएको हो । आजसम्म भएका संवादमा उद्घाटन समारोहदेखि १२ वटा समानान्तर सत्रहरू, अतिरिक्त सत्रहरू तथा विश्वव्यापी एवं क्षेत्रीय साझेदारीसम्बन्धी गोलमेच बैठक सम्पन्न भएका छन् ।
सचिव राईले संवादका सन्देश र निष्कर्ष यही महिनाको अन्त्यमा ताजिकिस्तानमा हुने हिमनदी संरक्षण सम्मेलनमा, जुलाइमा हुने संयुक्त राष्ट्रसंघीय उच्चस्तरीय राजनीतिक मञ्चमा, सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसंघको ८०औँ महासभामा र ब्राजिलमा हुने कोप–३० लगायत क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा लैजाने बताए। संवादका क्रममा व्यक्त भएका विचार, सुझाव तथा गहन दृष्टिकोणलाई समेटेर ‘सगरमाथा कार्य आह्वान’जारी गरिएको उनले जानकारी दिए ।

एकैपटक रक्सी छाडे निम्तिन सक्छन्, यस्ता समस्या

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षा

हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित,आठ विमान ‘डाइभर्ट’

देउवा र जनार्दनका बिचमा भेटवार्ता

जलवायु नेतृत्वमा नेपाल दृढ छ : वनमन्त्री ठकुरी

यस्तो हुनेछ आज दिनभरको मौसम

दृष्टिविहीन मैत्री सरकारी सूचना प्रदान गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

प्रतिक्रिया