केही नेपाल ऐन संशोधन गर्ने विधेयक स्वीकृत

काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गर्नुभएको उक्त विधेयकलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।
यसअघि सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै कानुनमन्त्री चौरसियाले प्रचलित केही नेपाल ऐन कार्यान्वयन सन्दर्भमा देखिएका कठिनाइ तथा समस्यालाई सम्बोधन गर्न र कतिपय कानुनको प्राविधिक कमजोरीलाई सच्याएर प्रभावकारी बनाउन विधेयक ल्याइएको सदनलाई जानकारी दिए ।
विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरू गोपीबहादुर सार्की अछामी, जगप्रसाद शर्मा, विष्णुकुमारी सापकोटा, गङ्गाकुमारी बेल्वासे, भुवनबहादुर सुनार, मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल, विष्णुबहादुर विश्वकर्मा र श्रीकृष्णप्रसाद अधिकारीले सुझावसहित आ–आफ्नो धारणा राखेका थिए । राष्ट्रियसभाको अर्को बैठक यही जेठ ७ गते बुधबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेछ ।

प्रधानमन्त्री पत्नि भन्छिन् : देश बनाउन निकै गाह्रो छ

राजनीति बुझेको छु तर राजनीतिमा आउँदिन, सबैमा स्पष्ट होस् : प्रथम महिला शाक्य

अपाङ्गमैत्री रङ्गशाला निर्माण गरिनेछ : खेलकुदमन्त्री चौधरी

सिंहदरबारमा मेलम्चीको पानी वितरण सुरु

जलस्रोत विधेयक, २०८० प्रतिनिधिसभावाट बहुमतले पारित

एमालेबिरूद्द भ्रम छरिएको छ, चिर्न लाग्नुहोस्: ओली

‘प्रांगारिक प्रदेश’ बनाउने योजनासहित लुम्बिनीको नीति तथा कार्यक्रम सार्वजनिक

प्रतिक्रिया