पर्वतका छ स्थानीय तहले निर्माण गरे आफ्नै भवन

पर्वत- स्थानीय तह कार्यान्वनमा आएको नौ वर्षमा यहाँ छ वटा स्थानीय तहले आफ्नै भवन निर्माण गरेर कार्यालय सञ्चालन गर्दै आएका छन् ।
महाशिला गाउँपालिकाले साविक बालाकोट गाविसको कार्यालयबाट सेवाप्रवाह गर्दै आएकोमा हालै आफ्नै भवन निर्माण सम्पन्न गरेको छ । स्थापनाकालदेखि भाडाको घरबाट सेवा सञ्चालन गर्दै आएको मोदी गाउँपालिकाले विसं २०८० माघदेखि आफ्नै भवनबाट सेवा सुरु गरेको हो । यसैगरी पैँयूगाउँपालिकाले गत साउन २५ गतेदेखि आफ्नै भवनवाट सेवाप्रवाह सुरु गरेको हो ।
विहादी गाउँपालिकाले पनि विगत तीन वर्षदेखि आफ्नै कार्यालयबाट सेवा दिँदै आएको छ । जलजला गाउँपालिकाले गत जेठ १ गतेदेखि आफ्नै भवनबाट कार्यालय सञ्चालन गर्न थालेको हो । फलेवास नगरपालिकाको भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।
ग्रामीण र दुरदराजका स्थानीय तहले वडा कार्यालय र पालिका कार्यालय निर्माण गरिसक्दा सदरमुकामसमेत रहेको कुश्मा नगरपालिकाले बल्ल भवन निर्माण सुरु गरेको हो । गत मङ्सिर देखि भवन निर्माण सुरु भएको हो । हालसम्म करिब २० प्रतिशत काम भएको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए ।
उनका अनुसार रु १४ करोडमा बन्ने सो भवन लिफ्टसहित साढे छ तलाको हुने छ । कुश्मा नगरपालिकाले चारवटा घर भाडामा लिएर कार्यालय र शाखा सञ्चालन गरेको छ । मासिक रु एक लाख ५० हजार भाडा तिर्दै आएको छ ।
बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि

मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘पिच’

आन्तरिक पर्यटकहरूका लागि आकर्षक गन्तव्यस्थल बन्दै गुर्जा

जैमिनीमा बढ्दो बसाइँसराइ : दुई वर्षमा १७०९ जनाले गाउँ छाडे

घाँस काट्ने क्रममा लडेर दुई जनाको मृत्यु

खोपारामा पर्यटकीय पूर्वाधार निर्माण

माझफाँट–लेकफाँट सडक कालोपत्र

प्रतिक्रिया