बुधबार २१ जेठ, २०८२
Wednesday, June 04, 2025

यामाहा नेपालद्वारा नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ सफलतापूर्वक सम्पन्न

काठमाडौं - यामाहा नेपालले देशभरिका उत्कृष्ट यामाहा प्राविधिकहरूको उत्सवस्वरूप बहुप्रतिक्षित नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ भव्य रूपमा सम्पन्न गरेको छ। देशैभर आयोजित क्षेत्रीय प्रतियोगिताबाट छनोट भएका दक्ष प्राविधिकहरू यो प्रतियोगितामा सहभागी भएका थिए जसले यामाहाको सर्भिस नेटवर्कको उच्चतम स्तरको प्रतिनिधित्व गरे।

यामाहाको काठमाडौंस्थित तालिम केन्द्रमा सम्पन्न भएको यो राष्ट्रिय स्तरको प्रतियोगिता सहभागीहरूलाई यामाहाको प्रख्यात सेवा उत्कृष्टताको लागि आवश्यक पर्ने विस्तृत दायराका सीपहरूको परीक्षण गर्न डिजाइन गरिएको थियो।

प्रतियोगितामा सहभागीहरूले प्राविधिक परीक्षण, यान्त्रिक मूल्याङ्कन, समस्याको पहिचान गर्ने च्यालेन्जहरू, लिखित परीक्षा र भाइभा लगायतका चरणहरू पार गरेका थिए जसले उनीहरूको गहिरो ज्ञान, प्रविधिक दक्षता र सटीकताको लागि समर्पणलाई देखाउने प्लेटफर्म प्रदान गर्‍यो। दिनभरीको कडा प्रतिस्पर्धापछि यामाहाले घोषणा गरेका नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ का विजेताहरू यसप्रकार छन्:

 विजेता: सुकदेव कुमार माझी –बी एन्ड बी अटो ट्रेडर्स, बिराटचोक
 प्रथम उपविजेता: रोनित श्रेष्ठ –तिरुपति अटो प्यालेस, विराटनगर
 दोस्रो उपविजेता (साझा विजेता)
o सागर त्वाती –जेएस अटोमोबाइल्स प्रा. लि. सतुंगल
o बिनोद चौधरी –जी.एस.एस. ट्रेडर्स, लम्की

यी उत्कृष्ट प्राविधिकहरूले यामाहाको सेवा प्रतिवद्धता प्रति आफ्नो समर्पण प्रमाणित गरेका छन्। उनीहरूको उत्कृष्ट प्रदर्शनले ग्राहक सन्तुष्टि र सवारी सुरक्षामा सर्भिसकर्मीहरूको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने कुरालाई पुनः पुष्टि गरेको छ।

यस अवसरमा, एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ श्री दीपक कुमार अग्रवालले भने, यामाहा एउटा ब्रान्ड मात्र होइन, यो नवीनता, प्रदर्शन र सटीकताले भरिएको उच्च प्रविधि युक्त मोबिलिटी समाधान हो। हरेक उत्कृष्ट यामाहा अनुभवको पछाडि एउटा दक्ष प्रविधिक हुन्छ, जसले हरेक यात्रा सहज र सुरक्षित बनाउँछ। जनशक्तिमा लगानी गर्न दृढ रहँदै हामी उनीहरूलाई सही उपकरण, तालिम र अवसरहरू प्रदान गरेर सक्षम बनाउँदैछौं।

यो प्रतियोगिता ग्राहक सन्तुष्टि र ब्रान्डप्रतिको विश्वासको आधार सक्षम जनशक्ति नै हो भन्ने हाम्रो विश्वासको प्रमाण हो। यो प्रतियोगिताले यामाहा नेपालको जनशक्ति, नवप्रवर्तन र तालिममा लगानी गर्ने लक्ष्यलाई अझ मजबुत बनाएको छ। यस्तो कार्यक्रम प्रतिस्पर्धाको मात्र विषय नभई सिकाइ, विकास र परिवर्तनशील दुई पाङ्ग्रे प्रविधिमा उत्कृष्टता हासिल गर्ने यात्राको उत्सव पनि हो।

एमएडब्लु राइड्सको नेतृत्वमा रहेको यामाहा नेपाल देशकै सबैभन्दा विश्वासिलो र प्रतिष्ठित दुई पाङ्ग्रे ब्रान्डहरूमध्ये एक हो। जापानी प्रविधिमा आधारित, भरपर्दो सेवा र सशक्त आफ्टर सेल्स सर्भिस प्रणालीमार्फत यामाहाले प्रदर्शन, स्टाइल र ग्राहक सेवामा उच्चतम मापदण्डहरू कायम राख्दै आएको छ। यामाहा नेपाल दक्ष जनशक्ति विकास गर्दै नेपालभर उत्कृष्ट सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धतामा अडिग छ।

डोङफेङ नामीको अन्तर्राष्ट्रिय सफलता: ४० भन्दा बढी देशमा १२,००० भन्दा बढी युनिटहरू निर्यात

डोङफेङ नामीको अन्तर्राष्ट्रिय सफलता: ४० भन्दा बढी देशमा १२,००० भन्दा बढी युनिट…

इनड्राइभले भन्योः चालक र यात्रुलाई भाडादर तोक्ने अधिकार दिएको छ

इनड्राइभले भन्योः चालक र यात्रुलाई भाडादर तोक्ने अधिकार दिएको छ

यामाहा नेपालले ल्यायो MT-15 भर्सन 2 किन्ने देशभरका ग्राहकका लागि विशेष राइडिङ ज्याकेट अफर

यामाहा नेपालले ल्यायो MT-15 भर्सन 2 किन्ने देशभरका ग्राहकका लागि विशेष राइडि…

क्याटल र फोटोन मोटरबीच कमर्सियल भेहिकल इलेक्ट्रिफिकेसनका लागि सँगै अघि बढ्ने सम्झौता

क्याटल र फोटोन मोटरबीच कमर्सियल भेहिकल इलेक्ट्रिफिकेसनका लागि सँगै अघि बढ्ने …

नामी र सेरेसले बजेट घोषणा अघि नेपालभर सुरु गर्‍यो “इज अन वालेट”

नामी र सेरेसले बजेट घोषणा अघि नेपालभर सुरु गर्‍यो “इज अन वालेट”

एमएडब्लू वृद्धि स्पीड चार्जर्सले जोमसोममा स्थापना गर्‍यो सबैभन्दा उच्च स्थानमा रहेको पहिलो सिसिएस २ ईभी चार्जिङ स्टेसन

एमएडब्लू वृद्धि स्पीड चार्जर्सले जोमसोममा स्थापना गर्‍यो सबैभन्दा उच्च स्थानमा रहे…

इन्डोनेसियामा सेरेस थ्रीले जित्यो तीन वटा उत्कृष्ट ईभी अवार्ड

इन्डोनेसियामा सेरेस थ्रीले जित्यो तीन वटा उत्कृष्ट ईभी अवार्ड

२०२७ सम्ममा निसानले प्लान्टहरू बन्द गर्ने, २० हजार रोजगारी कटौती गर्ने

२०२७ सम्ममा निसानले प्लान्टहरू बन्द गर्ने, २० हजार रोजगारी कटौती गर्ने