शुक्रबार ०९ साउन, २०८२
Friday, July 25, 2025

युक्रेनलाई ५० करोड डलर ऋण दिन आइएमएफ सहमत

वासिङ्टन- अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनसँग समष्टिगत आर्थिक स्थायित्वका लागि करिब ५० करोड अमेरिकी डलर बराबरको ऋण कार्यक्रम पुनरावलोकनका लागि सम्झौता गरेको बिहीबार घोषणा गरेको छ ।

तीन वर्षभन्दा बढी समयदेखि रुससँग युद्ध गरिरहेको युक्रेनले वासिङ्टनस्थित अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट चार वर्ष अर्थात् १५ अर्ब ५० करोड अमेरिकी डलर बराबरको राहत पाएको छ ।

युक्रेनको भ्रमणपछि कोषले युक्रेनले मार्चको अन्त्यसम्ममा आफ्ना सबै लक्ष्य र कार्यसम्पादन मापदण्ड पूरा गरेको र यसको कार्यकारी बोर्डले नयाँ वितरणलाई अनुमोदन गर्न सिफारिस गरिरहेको जनाएको छ ।
 
धेरै हदसम्म औपचारिकता मानिने यो प्रक्रिया समितिद्वारा अनुमोदित भएमा आइएमएफले युक्रेनलाई तुरुन्तै ५० करोड डलर उपलब्ध गराउनेछ । हालको कार्यक्रम अन्तर्गत यसको वितरण १०.७ अर्ब डलरको नजिक पुग्नेछ । 

आईएमएफ मिसन प्रमुख गेभिन ग्रेले एक विज्ञप्तिमार्फत जारी विज्ञप्तिमा तीन वर्षभन्दा लामो युद्धबाट उत्पन्न चुनौतीका बावजुद युक्रेनको अर्थतन्त्र लचिलो रहेको बताएका छन् । 

उनले भने, “कोषले यस वर्ष ‘सामान्य’ मुद्रास्फीति–समायोजित आर्थिक वृद्धिको अपेक्षा  दुईदेखि तीन प्रतिशतको बीचमा गरेको छ र यसले श्रम अवरोध र ऊर्जा पूर्वाधारमा क्षतिबाट भएको आर्थिक सुस्ततालाई प्रतिबिम्बित गर्दछ।” 

उनले खाद्यान्न र श्रमको बढ्दो लागतका कारण मुद्रास्फीति निरन्तर बढ्दै गएको र अप्रिलमा १५.१ प्रतिशत पुगेको बताए । 

कोषले युद्धले जनसङ्ख्या, अर्थव्यवस्था र पूर्वाधारमा ठूलो असर पारिरहेकोले युक्रेनको आर्थिक परिदृश्य ‘असाधारण रूपमा अनिश्चित रहेको जनाएको छ ।

“चुनौतीपूर्ण वातावरणको बावजुद, यो कार्यक्रम सही मार्गमा रहेको छ र ठूलो मात्रामा बाह्य प्रतिबद्धताहरूको आधारमा पूर्ण रूपमा वित्तपोषित गरिएको छ,” विज्ञप्तिमा भनिएको छ। (एएफपी)

फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने राष्ट्रपति म्याक्रोको घोषणा

फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने राष्ट्रपति म्याक्रोको घोषणा

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु

नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु

कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्वप्रति चीनद्वारा चिन्ता व्यक्त

कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्वप्रति चीनद्वारा चिन्ता व्यक्त

जेलेन्स्कीद्वारा भ्रष्टाचारविरोधी निकायहरूको ‘स्वतन्त्रता’ सुनिश्चित गर्ने नयाँ विधेयक प्रस्ताव

जेलेन्स्कीद्वारा भ्रष्टाचारविरोधी निकायहरूको ‘स्वतन्त्रता’ सुनिश्चित गर्ने नयाँ वि…

अपडेटः रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु

अपडेटः रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु

इजरायली प्रधानमन्त्रीको हत्याको षडयन्त्र रचेको आरोपमा वृद्धा पक्राउ

इजरायली प्रधानमन्त्रीको हत्याको षडयन्त्र रचेको आरोपमा वृद्धा पक्राउ

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता