माईखोलाको बाढी बस्ती पस्यो : सुगाबथानका २२ घर डुबानमा
भद्रपुर (झापा)- झापा गाउँपालिका–२ स्थित सुगाबथान क्षेत्रमा माईखोलाको बाढी बस्तीमा पस्दा २२ घर डुबानमा परेका छन् । मनसुन सुरू भएसँगै गए राति माईखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयहरू सुरक्षित स्थानतर्फ सरेका छन् ।
वडाध्यक्ष हिमाल चाम्लागाईका अनुसार सुगाबथान, मिलनबस्ती, कुवाडी, सडकबस्तीलगायत क्षेत्रमा बाढी पस्दा ६० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैखेतीमा क्षति पुगेको छ ।
“माईखोलामा सामान्य बाढी आउँदा मात्रै यस्तो अवस्था भएको हो”, अध्यक्ष चाम्लागाईले भने, “यदि ठूलो वर्षा भयो भने झापा गाउँपालिकाका वडा नं १ र २ का तीन हजार घरधुरी विस्थापित हुने जोखिम छ ।” यस वर्ष सदरदभन्दा बढी वर्षा हुने मौसम पूर्वानुमान विभागको सूचनापछि स्थानीयवासीहरूमा बाढीको त्रास बढेको छ ।

झापाका सुधार केन्द्रमा आठ सयभन्दा बढी युवा
भोजपुरको ‘किरातेश्वर ढुङ्गे बगैँचा’ पर्यटकको आकर्षणको केन्द्र बन्दै
_ijHP2mCbKs_dsczkldcb6zysu1nod5vcn36czctxsalyrbkaem3npizrhgjrcsknw0i1ume_7932ulN0N6_fth8sb7iy3sonznpvhhk7fdco1qnu5ze8eorc9drttpbke0kkk9pu3sdnd5z.jpg)
सूचना नपाएको सूचना अधिकारीको गुनासो

ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

त्रियुगामा माछा मार्न गएका एकजना बेपत्ता

झापामा एक वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु

डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि लार्भा नष्ट गर्ने अभियान सुरु

प्रतिक्रिया