१० महिनामा प्रदेश सरकारहरूले खर्च गरे १ खर्ब १७ करोड

काठमाडौँ- प्रदेश सरकारहरूले १० महिनामा १ खर्ब १७ करोड रुपैयाँ खर्च गरेका छन् ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को समग्र आर्थिक तथा वित्तीय अवस्था अनुसार वैशाखसम्म ७ प्रदेश सरकारले १ खर्ब १७ करोड रुपैयाँ बराबर खर्च गरेका हुन् ।
त्यति खर्च गर्दा प्रदेश सरकारहरूको स्रोत परिचालन १ खर्ब ६१ अर्ब ७७ करोड रुपैयाँ देखिएको छ ।
राष्ट्र बैंकका अनुसार प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी १ खर्ब २३ अर्ब १५ करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व ३८ अर्ब ६२ करोड रुपैयाँ छ ।

बागमती प्रदेशमा मन्त्रिपरिषद विस्तार, पाँच जना मन्त्रीले लिए सपथ

लुम्बिनी प्रदेशका १३ प्रतिशत जनताको जीवनकालमा कुनै न कुनै मानसिक स्वास्थ्य समस्…

जनता जागरुक र सचेत हुनुपर्छः मुख्यमन्त्री कँडेल

भक्तपुर नगरपालिकाको दुई अर्ब ४७ करोडको बजेट सार्वजनिक

योजना अनियमितता छानबिन गर्न संसदीय छानबिन विशेष समिति गठन

कर्णाली सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

लगातार अनुपस्थित भएपछि प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त

प्रतिक्रिया