दक्षिण अफ्रिकामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुग्यो
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_ETbUNZEOaG_wvfzuhpf44pno0llnwdya8l05byciaiqkqskqcy9gcpelpomiojqxiryidal_RfdHdmsE4A_rzqpczda43tuay0nmnclpblujeyl4odxgnldp4dexcwnrmhlxp7viosrljt9.jpg)
जोहानेसबर्ग- दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ । बाढीले एक स्कुल बस बगाउँदा त्यसमा सवार चार बालबालिकाको मृत्यु भएको र चार जना वेपत्ता भएको जनाइएको छ ।
भारी वर्षा, हिमपात र चिसो वायुले विशेष गरी पूर्वी केप प्रान्तका क्षेत्रहरूलाई प्रभावित गरेको छ र देशका अधिकांश भागमा गत हप्तादेखि नै व्यापक जाडो मौसमको महशुस भएको छ ।
पूर्वी केपका प्रमुख लुबाबालो ओस्कर माबुयानले प्रहरीको तथ्याङ्क उद्धृत गर्दै पत्रकारसँग भने “अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ ।”
माबुयानेका अनुसार मथाथा शहर नजिकै आएको बाढीले १३ जना यात्रु बोकेको एउटा स्कूलबस बगाउँदा बसमा सवार चार बालबालिकाको मृत्यु भएको छ भने अन्य चार जना वेपत्ता भएका छन् । उक्त बसमा सवार तीन जनालाई सकुशल उद्धार गरिएको छ ।
उनले प्रभावित सबै क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको बताए ।
उक्त क्षेत्रमा पछिल्लो एक हप्तामा परेको मुसलधारे वर्षाका कारण पहिरो जाँदा सयौं परिवारहरू आफ्नो घर छोड्न बाध्य भएका छन् भने ‘महत्वपूर्ण पूर्वाधारहरूमा उल्लेखनीय क्षति’ भएको छ ।
मङ्गलबार तीन जना बालबालिकालाई पानीको बहावबाट बच्न रुखमा घन्टौं बिताएपछि उद्धार गरिएको अधिकारीहरुले बताएका छन् । (एएफपी)

'युरोपेली संघप्रति बोस्नियाली जनताको विश्वास कायमै'
ओडेसामा रूसी आक्रमण, एकको मृत्यु

बेङ्गलुरुमा ४० विद्यालयलाई बमको धम्की

अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित

काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा

नयाँ अध्ययनकाे खुलासा, ९ हजार बर्ष अघिसम्म अरबमा थियो हरियाली
दक्षिण कोरियामा १२० वर्षमा सबैभन्दा बढी वर्षा

प्रतिक्रिया