शुक्रबार ३० जेठ, २०८२
Friday, June 13, 2025

नाभाल्नीका मुख्य सहयोगी भोल्कोभलाई १८ वर्षको जेल सजाय

वार्सा- रुसले निर्वासित विपक्षी नेता लियोनिद भोल्कोभलाई १८ वर्ष जेल सजाय सुनाइएको छ । भोल्कोभ रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक स्वर्गीय नेता एलेक्सी नाभाल्नीका निकट सहयोगी हुन् । 

हाल लिथुआनियामा बस्दै आएका भोल्कोभले आफूमाथि लगाइएको उक्त आरोपको  सामाजिक सञ्जालमा खण्डन गरेका छन् । 

गत वर्ष आर्कटिक जेलमा रहेका समय क्रेमलिनका कटु आलोचका नभाल्नीका सहयोगी र परिवारमाथि कडा कारबाही जारी राखेको छ।

मस्कोले सन् २०२१ मा नाभाल्नीका सङ्गठनलाई ‘अतिवादी’ भन्दै प्रतिबन्ध लगाएको थियो र सन् २०२२ को युक्रेन आक्रमणसँगै विपक्षीमाथिको कारबाहीलाई तीव्रता दिएको थियो ।
 
मस्कोको सैन्य अदालतलाई उद्धृत गर्दै इन्टरफ्याक्स समाचार संस्था इन्टरफ्याक्सले भोल्कोभलाई नौवटा आपराधिक घटनामा ४० भन्दा बढी अपराधमा दोषी ठहर गरेको जनाएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि लागू गरिएको सेन्सरसिप कानुनको व्यापक प्रयोग गर्दै तीन वर्षे युद्धविरूद्धको आलोचना दबाउने गरेको छ ।

भोल्कोभलाई ‘आतङ्कवादलाई न्यायोचित ठहर्‍याउने’ सेनाबारे ‘भ्रामक’ सूचना फैलाउने, जालसाजी गर्ने र ‘अतिवादी’ सङ्गठन खडा गर्नेजस्ता अभियोगमा दोषी ठहर गरिएको छ ।

सन् २०१९ मा अधिकारीहरूले उनीविरुद्ध फौजदारी मुद्दा चलाएपछि भोल्कोभले रुस छाडेका थिए । उनी सन् २०२१ देखि रुसी प्रशासनको खोजी सूचीमा छन् ।

उनलाई गत वर्ष अप्रिलमा भिल्नियसस्थित आफ्नो घरबाहिर नृशंस हथौडा आक्रमण भएको थियो तर उक्त आक्रमण क्रेमलिन विरोधी विपक्षको अर्को खेमाले गरेको नभाल्नीका सहयोगीहरूले बताएका थिए । 

यस आक्रमणले पहिले नै विभाजित विपक्षीहरूलाई थप विभाजित गरेको छ । यसले नाभाल्नीको मृत्युको कारण खोज्ने विपक्षीको अभियान कमजोर भएको छ । 

नभाल्नी राष्ट्रपति पुटिनका मुख्य राजनीतिक प्रतिद्वन्द्वी थिए । उनी मस्कोको युक्रेन आक्रमणअघिका वर्षहरूमा क्रेमलिन विरोधी प्रदर्शनमा हजारौंलाई सडकमा ल्याउन सक्षम एक मात्र व्यक्ति थिए । (एएफपी)