वडा कार्यालयका लागि निःशुल्क जग्गा प्रदान

टक्सार (भोजपुर),- भोजपुर नगरपालिका–१ हेलौछाको वडा कार्यालय भवन निर्माणका लागि स्थानीयले तीन रोपनी जग्गा प्रदान गरेका छन् । बाबुआमाको नाममा स्थानीय वीरबहादुर तामाङले वडा कार्यालयका लागि जग्गा प्रदान गरेका छन् ।
वडा कार्यालयको काम अहिले भाडाको घरबाट सञ्चालनमा रहँदै आएको छ । वडा कार्यालयको काममा सहजता होस् भन्ने उद्देश्यका साथ तामाङले जग्गा उपलब्ध गराउनुभएको पूर्ववडाध्यक्ष विष्णुकुमार भुजेलले बताए । भुजेलका अनुसार वीरबहादुरले बाबु धनमान तामाङ र आमा राममाया तामाङको नाममा करिब रु १५ लाख बराबरको जग्गा वडा कार्यालयलाई प्रदान गरेका हुन् ।
जग्गा प्राप्तिसँगै भवन निर्माणको काम अघि बढाइने वडा कार्यालयले जनाएको छ । आफ्नै भवन नहुँदा वडा कार्यालय हाल भाडाको कोठाबाट सञ्चालित छ । जग्गा दाताले दिएको जग्गामा बजेटको व्यवस्थापन गरी भवन बनाउने तयारी वडाले गरेको छ ।

माँ भाटभटेनी संस्थाद्वारा सीपमूलक तालिम समापन समारोह सम्पन्न

पसल फोड्दै शृंखलाबद्ध रूपमा मोबाइल चोरीमा संलग्न तीन पक्राउ

रूकुमपश्चिममा पानी बोकेको मिनीट्रक दुर्घटना हुँदा चालकको मृत्यु

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

आज अमूर्त सम्पदा संरक्षणका लागि ‘धर्मपथ महोत्सव’ गरिँदै

मोटरसाइकल चोरीमा संलग्न एकजना ट्राफिक प्रहरीको नियन्त्रणमा

चट्याङ लागेर बालकको मृत्यु

प्रतिक्रिया