सुनको मूल्य बढ्यो

काठमाडौँ- गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु चार हजार २०० ले वृद्धि भएको छ भने चाँदीमा रु १५ ले बढोत्तरी भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको रु एक लाख ९७ हजार १०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार १६५ मा कारोबार भइरहेको छ ।
गत मङ्गलबार एक तोला सुन रु एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी रु दुई हजार १६५ मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ४२७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

दसैँको मुखमा दु:ख दिइरहेको इको पहिरो (भिडियो/फोटो)

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

बजार बुझ्न कोरियन लगानीकर्ता नेपालमा, थाले व्यवसायीसँग छलफल

एनसेल फाउन्डेसन र आइकम नेपालबीच सहकार्य, संग्रहालय र सम्पदाको प्रवर्द्धन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

सुनको मूल्य घट्यो, प्रतितोला कतिमा कारोबार हुँदैछ ?

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया