आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

तेस्रो गण्डकी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगिता आजबाट

पोखरा- तेस्रो गण्डकी प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरू हुँदैछ ।

प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा असार ६ गतेसम्म प्रतियोगितामा हुनेछ ।

गण्डकी प्रदेशका ८ जिल्लाले सहभागिता जनाउने प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा स्याङजा, बागलुङ, तनहुँ र म्याग्दी तथा समूह ‘बी’ मा कास्की, पर्वत, नवलपुर र गोरखा रहेको उनले जानकारी दिएका छन् ।

दुवै समूहका शीर्ष स्थानमा रहने टोलीले फाइनल खेल्ने छन् । प्रतियोगिताअन्तर्गत पहिलो दिन शनिबार दुई खेल हुनेछ । पहिलो खेल स्याङ्जा र म्याग्दीबिच बिहान ९ बजेबाट सुरु हुनेछ ।

शनिबार नै दोस्रो खेल तनहुँ र बागलुङबिच हुनेछ । उक्त खेल दिउँसो १ बजेबाट सुरु हुने जनाइएको  छ।

प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार पुरस्कार पाउनेछन भने सर्वोत्कृष्ट खेलाडीले ४ हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही २ हजार र ‘प्लेयर अफ द म्याच’ लाई १ हजार प्रदान गरिनेछ ।