बुधबार ०४ असार, २०८२
Wednesday, June 18, 2025

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रम रोक्न ‘थप कदम’ चाल्न आवश्यक रहेको निर्णय गर्न सक्ने उपराष्ट्रपति जेडी भान्सले मङ्गलबार बताएका छन् । 

भान्सले एक्समा लेखेका छन्, “राष्ट्रपतिले हाम्रो सेनाको ध्यान हाम्रा सेनाको सुरक्षा र हाम्रा नागरिकको सुरक्षामा केन्द्रित गर्न उल्लेखनीय संयम देखाउनुभएको छ । उहाँले इरानी युरेनियम संवद्र्धन अन्त्यका लागि थप कदम चाल्न आवश्यक रहेको निर्णय लिन सक्नुहुन्छ।” (एएफपी)