किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
किभ- युक्रेनमा भएको रुसी आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । ओडेसा र चेर्निगिभ क्षेत्रहरूमा थप घाइते भएको रिपोर्ट गरिएको छ ।
“आज राति राजधानीका विभिन्न जिल्लाका २७ वटा स्थानमा शत्रुले आक्रमण गरेको छ”, गृहमन्त्री इगोर क्लिमेन्कोले टेलिग्राममा लेखेका छन्, “आवासीय भवन, शैक्षिक संस्था र महत्त्वपूर्ण पूर्वाधार सुविधाहरू“ सबै प्रभावित भएका छन् । मृतकको सङ्ख्या १४ पुगेको छ । अहिलेसम्म किभमा ४४ जना घाइते भएका छन् ।”
ओडिसामा अन्य छ जना र चेर्निगिभमा अर्का एक जना घाइते भएको उनले जानकारी दिए ।
किभका मेयर भिटाली क्लिट्स्कोले यसअघि राजधानीको सोलोम्यान्स्की जिल्लामा रुसी आक्रमणमा एक अमेरिकी नागरिकको मृत्यु भएको जानकारी दिएका थिए ।
“किभमा भएको आक्रमणका क्रममा... घाइतेहरूलाई चिकित्सकले सहयोग गरिरहेको ठाउँको विपरीत घरमा ६२ वर्षीय अमेरिकी नागरिकको मृत्यु भएको थियो”, उनले भने ।
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका चिफ अफ स्टाफ एन्ड्री यर्माकले ‘किभमा आवासीय भवनहरू’ मा नयाँ रूसी आक्रमणको निन्दा गर्दै टेलिग्राममा मस्कोले ‘नागरिकहरू विरुद्धको युद्ध जारी राखेको’ बताएका छन् ।
संयुक्त राज्य अमेरिकाले युद्धविरामको मध्यस्थता गर्ने प्रयास गरे तापनि मस्कोले युक्रेनमाथि आक्रमण जारी राखेको छ ।
वार्ता रोकिएको छ । मस्कोले किभ र उसका युरोपेली सहयोगीहरूले माग गरेको ‘बिना शर्त’ युद्धविरामलाई अस्वीकार गरेको छ भने युक्रेनले रुसको मागलाई ‘अल्टिमेटम’ भनेर खारेज गरेको छ ।
सोमबार जेलेन्स्कीले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग जी–७ शिखर सम्मेलनको छेउमा कुरा गर्ने आशा गरेको बताएका थिए ।
तर युक्रेनी नेता अमेरिकी राष्ट्रपतिको प्रस्थानपछि जी–७ मा आइपुग्ने अपेक्षा गरिएको थियो । तर इजरायलले इरानमा आक्रमण बढाउँदा ट्रम्पले आफ्नो बसाइ छोटो पारेका छन् । (एएफपी)

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रकृति लम्साल प्रकरणका आरोपित युवक अद्विक श्रीवास्तव धरौटीमा रिहा

प्रतिक्रिया