बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु

अमरगढी- परशुराम नगरपालिका–७ सादनी निवासी १३ वर्षीय किशोर प्रकाश भट्टराईको सर्पले डसेर मृत्यु भएको छ । जोगबुडास्थित इलाका प्रहरी कार्यालयका  प्रमुख सुरेश रोकायाका अनुसार आज बिहान शौचालय गएका उनलाई सर्पले डसेको हो । तत्काल अस्पताल पुर्याइएका निजको उपचारका क्रममा मृत्यु भएको हो । उनी स्थानीय शिवशङ्कर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत हुनुहुन्थ्यो । 
–––