बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड G7 अब नेपालमा डेब्यु गर्न तयार

चीनको नम्बर १ व्यावसायिक सवारीसाधन ब्रान्ड फोटोनले नेपाली बजारमा नयाँ पिकअप गाडी ‘टुनल्यान्ड G7’ सार्वजनिक गर्न लागेको छ। ‘बिल्ट फर हिमालयज’ नारासहित ल्याउन लागिएको यो अत्याधुनिक गाडी विशेषगरी नेपालको जटिल भूगोल, उकालो–ओरालो र हिमाली बाटोहरूमै सहज सञ्चालन गर्न सकिने गरी निर्माण गरिएको कम्पनीको दाबी छ।
फोटोन टुनल्यान्ड G7 मा १६० हर्सपावर क्षमताको इन्जिन र ३९० एनएम टर्क उपलब्ध छ, जसले गर्दा यो गाडी सहरदेखि पहाडसम्मको यात्रामा शक्तिशाली प्रदर्शन गर्न सक्षम छ। २२५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, हिल होल्ड कन्ट्रोल र हिल डिसेन्ट कन्ट्रोल सुविधाले गाडीलाई उकालो वा ओरालो यात्रामा थप सुरक्षित बनाएको छ। साथै, पुस-स्टार्ट बटनले गाडी सजिलै स्टार्ट गर्न सहयोग गर्छ।
यस गाडीमा यात्राको अनुभवलाई अझ सहज बनाउने उद्देश्यले १२.३ इन्चको इन्फिनिटी टचस्क्रिन, प्यानोरामिक सनरूफ, इलेक्ट्रिक एड्जस्ट हुने हीटेड र भेन्टिलेटेड सिट, तथा स्वचालित एयर कन्डिसनिङ सिस्टम जस्ता फिचरहरू उपलब्ध गराइएको कम्पनीले जनाएको छ। यी सबै सुविधाले यात्रा केवल गन्तव्यमा पुग्ने साधन होइन, एक स्मरणीय अनुभव बनाउने उद्देश्य राखेको प्रस्ट हुन्छ।
फोटोनले अटोनोमस कमर्सियल भेहिकल सार्वजनिक गर्ने चीनको पहिलो कम्पनी हो र उसले निरन्तर प्रविधिमा अग्रता लिँदै आएको छ। टुनल्यान्ड G7 त्यसै इनोभेसनको अर्को उपलब्धि हो, जुन अब नेपाली ग्राहकका लागि सुलभ र उपयुक्त बनाइएको छ।
व्यवसायिक प्रयोजनदेखि पारिवारिक यात्रासम्मको लागि भरपर्दो विकल्पका रूपमा फोटोन टुनल्यान्ड G7 नेपाली बजारमा डेब्यु गर्न तयार भएको हो।

दिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर : ग्राहकले बुझाउनुपर्ने छैन पहिलो ६ महिनाक…

लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि

पोखरामा 'यामाहा ब्लू फेस्ट २०८२' को सुरुवात : असार ६ गतेसम्म चल्ने

सीजी मोटर्स हिरोद्वारा पोखरामा ‘एक्सट्रयाक’, अफ–रोड ट्रयाक राइडिङ्गको अद्भुत अन…

दिपलले पार गर्यो पाँच लाख युनिट डेलिभरीको कोशेढुंगा

एमजीले नेपालमा भित्र्यायो अपग्रेडेड ‘कमेट इभी’

दश वर्षमा १४ हजार ५०० विद्युतीय सवारी आयात

प्रतिक्रिया