शार्क ट्याङ्क नेपालको पहिलो सिजनको “पावर्ड बाइ” प्रायोजक बन्यो टीभीएस अपाचे

विश्व चर्चित अमेरिकी रियालिटी शोको नेपाली संस्करण ‘शार्क ट्याङ्क नेपाल’ अब आउँदो जुलाई २ (२०२५) देखि हिमालय टेलिभिजन एचडीमा प्रसारणमा आउन लागेको छ। पहिलो सिजनका लागि ‘पावर्ड बाइ’ प्रायोजकको रूपमा टीभीएस अपाचे आरटीआर १६० एसई घोषणा गरिएको छ, जसले शोको गतिशीलता र युवाशक्ति झल्काउने अपेक्षा गरिएको छ।
‘शार्क ट्याङ्क नेपाल’ले नेपाली उद्यमीहरूलाई व्यावसायिक क्षेत्रका स्थापित ‘शार्क’हरूसामु आफ्ना आइडिया प्रस्तुत गर्ने मंच प्रदान गर्नेछ, जहाँ मार्गदर्शन, मेन्टरशिप तथा लगानीको अवसर प्रदान हुनेछ। शोमा निर्णायकका रूपमा आईएमई समूहका हेमराज ढकाल, अग्नि समूहका क्याबिनेट श्रेष्ठ, ज्योति समूहका सौरभ ज्योति, भोईथ समूहकी ऋतु सिंह वैद्य र नाइम्बस समूहका आनन्द बगरिया सहभागी हुनेछन्।
टीभीएस अपाचे आरटीआर १६० एसई शोको प्रमुख प्रस्तुतिकर्ता ब्रान्ड हुने भएको छ। ‘रेस डेराइभ्ड इघऋ टेक्नोलोजी’, मल्टिपल राइड मोड्स, टर्न बाइ टर्न नेभिगेसन, ब्लुटुथ कनेक्टिभिटीसहितको फिचरयुक्त यो बाइक नयाँ युगका आत्मविश्वासी चालकका लागि लक्षित गरिएको हो। अपाचेको आत्मविश्वासपूर्ण शैली र शक्तिशाली प्रदर्शन जस्तै शोमा भाग लिने उद्यमीहरू पनि सीमाना तोड्दै अघि बढ्ने प्रेरणाका रूपमा प्रस्तुत हुनेछन्।
टीभीएस ब्रान्ड नेपालमा जगदम्बा मोटर्स प्रा।लि। मार्फत बितरण हुँदै आएको छ, जसको देशभर ११० डिलर र २८९ सर्भिस प्वाइन्ट छन्। सन् २०१५ देखि नेपाली बजारमा अग्रस्थान बनाएको यस ब्रान्डले गुणस्तरीय सेवा र नविनतम प्रविधिमा आधारित सवारी साधनमार्फत युवापुस्ताको रोजाइमा परेको छ।
शार्क ट्याङ्क नेपाल र टीभीएस अपाचेको सहकार्यले नेपाली उद्यमशीलता र इनोभेसनको यात्रालाई थप गतिको अनुभूति दिलाउने अपेक्षा गरिएको छ।

पोखरामा बीवाईडीको नयाँ शोरूम र बीवाईडी सिलायन ७ को शुभारम्भ

ईभी स्कुटर याडियाले घटायो मूल्य

डोङफेङ मोटर ग्रुपद्वारा भोया अटोमोबाइलमा लगानी वृद्धि

नयाँ फोर्थिङ फ्राइडे आफ्नो सेग्मेन्टमा सबैभन्दा किफायती मूल्यमा, प्रारम्भिक मूल्य …

मेगा मनसुन सर्भिस क्याम्प आजदेखि सुरु

क्यारीका दुई ईभी भ्यान नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक, यस्तो छ मूल्य र विशे…

जगदम्बा मोटर्सले नाइमा अटो शोमा १४ देखि १९ सिटर व्यावसायिक ईभी प्रस्तुत गर्दै

प्रतिक्रिया