रसुवा बाढी : कति छन् बेपत्ता ?
काठमाडौँ- चीनबाट आएको बाढीमा परेर रसुवामा कम्तिमा १८ जना बेपत्ता भएका छन् । गएराति सवा ३ बजे आएको बाढीले १८ जना बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेहरूमा १० नेपाली नागरिक र ८ चिनियाँ नागरिक रहेका छन् । नेपालीमध्ये ३ जना प्रहरी रहेका छन् ।
त्यस्तै बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । पुल बगाउँदा रसुवा हुँदै चीनसम्मको मार्ग विच्छेद भएको छ ।
त्यस्तै भन्सारको यार्ड (ड्राइपोट) मा रहेका गाडी पनि अधिकांश बाढीले रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए ।
बाटो नभएका कारण स्याब्रुबेसीबाट अगाडि जाने ठाउँ नभएको रसुवा नाकाबाट काम गर्दै आएका सिन्धुपाल्चोकका व्यापारी सुरज तिमिल्सिनाले इकागजलाई बताए । उनका अनुसार पुल बगाएपछि न वारीबाट पारी जान सकिएको छ न पारीबाट वारी आउन नै सकिएको छ ।
उनका अनुसार गएराति सवा ३ बजे बाढी आएको थियो । मितेरी पुलमुनिको ठाडो खोलामा लेदो आएर क्षति गराएको हो ।
'१०० भन्दा बढी इभी गाढी बगाएको छ । १२/१५ वटा ट्रेलर बगाएको छ' तिमिल्सिनाले इकागजसँग भने 'सामान लोड भएका २०/२५ वटा कन्टेनर पनि बगाएको छ ।'
गाडि जोगाउन खोज्दा ड्राइभरहरूलाई पनि बगाएको उनले बताए । 'कतिपय घाइते अवस्थामा भेटिएको छ । कतिपयलाई बगाएको छ' तिमिल्सिनाले भने ।

ठगीको आरोपमा चार जना पक्राउ

‘फोर्टी अन्डर ४०’ मा होर इ-स्पोट्र्सका सञ्जन गौतम सम्मानित

राशिफलमा यस्तो आज तपाईंको भाग्य

सामाजिक सञ्जालको दुरुपयोग गर्ने व्यक्ति पक्राउ

सिरहामा आधाभन्दा बढी ‘डिप बोरिङ’ सञ्चालनमा आउन सकेनन्

चट्याङ लागेर एकको मृत्यु, सात घाइते

काठमाडौँ जिल्ला रेडक्रसको सभापतिमा पुनः डोटेल निर्वाचित

प्रतिक्रिया