रूखमा चढेर बाढीबाट यसरी बचेका थिए पाल्देन र मङ्गली, भयो सकुशल उद्धार (भिडियो)

काठमाडौँ- नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गएराति आएको भीषणका कारण त्रिशूली नदीको उच्च वहावमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टरद्वारा बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको अनुसार नुवाकोट विदुर नगरपालिका–१ लभडाँडा मिलन चौताराका ६७ वर्षीय पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षीया मङ्गली तामाङ त्रिशूली नदीको किनारामा दाउरा काट्न जाँदा चीनमा भएको वर्षाका कारण एक्कासी त्रिशूलीमा आएको बाढीमा फसेका थिए । उनीहरू रूखमा चढेर बाँच्न सफल भएका थिए । अहिले दुवै जनाको हेलिकोप्टरद्वारा सकुशल उद्धार भइसकेको प्राधिकरणले विज्ञप्तिमार्फत जनाएको छ ।
र, यो पनि

ठगीको आरोपमा चार जना पक्राउ

‘फोर्टी अन्डर ४०’ मा होर इ-स्पोट्र्सका सञ्जन गौतम सम्मानित

राशिफलमा यस्तो आज तपाईंको भाग्य

सामाजिक सञ्जालको दुरुपयोग गर्ने व्यक्ति पक्राउ

सिरहामा आधाभन्दा बढी ‘डिप बोरिङ’ सञ्चालनमा आउन सकेनन्

चट्याङ लागेर एकको मृत्यु, सात घाइते

काठमाडौँ जिल्ला रेडक्रसको सभापतिमा पुनः डोटेल निर्वाचित

प्रतिक्रिया