रसुवा बाढी : भन्सार क्षेत्रमा उद्धार गर्न गएका ११ जना उद्वारकर्मी नै फसे
रसुवा- नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले सीमा क्षेत्रमा रहेको मितेरी पुल बगाएको छ ।
बाढीले टिमुरेस्थित भन्सार कार्यालय परिसर (यार्ड) मा राखिएका गाडी बगाएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए । उनले बाढी आएपछि भन्सार क्षेत्रमा रहेका मानिसको उद्वार गर्न जाने क्रममा ११ जना उद्वारकर्मी नै फसेका बताए ।
हेलिकप्टरमार्फत उनीहरूको उद्वार गर्न नेपाली सेनालाई अनुरोध गरिएको र बाढीले के कति क्षति पुर्यायो भन्ने सम्बन्धमा तथ्याङ्क सङ्कलन भइरहेको पनि उनले जानकारी दिए । यस्तै रसुवागढी हाइड्रोका कर्मचारीसमेत बाढीको चपेटामा परेका कारण उद्वारका पर्खाइमा रहेको उक्त आयोजनाले जनाएको छ ।
र, यो पनि

ठगीको आरोपमा चार जना पक्राउ

‘फोर्टी अन्डर ४०’ मा होर इ-स्पोट्र्सका सञ्जन गौतम सम्मानित

राशिफलमा यस्तो आज तपाईंको भाग्य

सामाजिक सञ्जालको दुरुपयोग गर्ने व्यक्ति पक्राउ

सिरहामा आधाभन्दा बढी ‘डिप बोरिङ’ सञ्चालनमा आउन सकेनन्

चट्याङ लागेर एकको मृत्यु, सात घाइते

काठमाडौँ जिल्ला रेडक्रसको सभापतिमा पुनः डोटेल निर्वाचित

प्रतिक्रिया