रसुवामा बाढी : केन्द्रीय सुरक्षा समितिको बैठक १ बजे

काठमाडौँ- वर्षा र बाढीका कारण मुलुकका विभिन्न जिल्लामा विपद्बाट क्षति पुगेपछि गृह मन्त्रालयले आज दिउँसो १ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ ।
रसुवामा बाढीका कारण नागरिक सम्र्पकविहीन हुनाका साथै धनमालको क्षति भएको विषयलाई लिएर गृहमन्त्री रमेश लेखकले दिउँसो मन्त्रालयमा उद्धार, खोज तथा राहत पुनः स्थापना विषय छलफल गर्नका लागि आकस्मिक केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका हुन् ।
भोटेकोसी नदीमा आएको बाढीले रसुवामा ठूलो क्षति पुगेको छ । त्यसैगरी, गृहमन्त्रालयले आज बिहान त्रिशूली नदीमा आएको बाढीमा फसेका दुईजनाको उद्धार गरेको जनाएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत नुवाकोटको विदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा आएको बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको हो ।
र, यो पनि

समाजलाई अगाडि बढाउन महिलाकोे विशेष भूमिका : उपप्रधानमन्त्री सिंह

महिलाकै सङ्घर्षले वर्तमान उपलब्धि हाँसिल भएको होः परराष्ट्रमन्त्री देउवा

संघीय सरकारले उत्कृष्ट नतिजा ल्याउने ६ स्थानीय तहलाई सम्मान गर्ने

प्रतिनिधिसभाको बैठक बस्दै

माओवादीद्वारा सरकारको आलोचना

उपसभामुखमाथि लगाएको आरोप कपोकल्पित, सरकारले हटाए गम्भीर गल्ती : प्रचण्ड (भिडि…

प्रमुख सचेतकले सञ्चै छ भनेर सोध्नुभयो, सञ्चै छु भनेर फर्किएँ : गोकुल बास्कोटा

प्रतिक्रिया