गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा

महोत्तरीको गौशाला नगरपालिकामा ३१ जना प्रधानध्यापकहरुले सामूहिक राजीनामा दिएका छन । सामुदायिक विद्यालयका प्रधानध्यापकहरुले नगरले शैक्षिक क्षेत्रमा वेवास्ता गरेको आरोपमा आज नै राजीनामा दिएका हुन ।
दिवा खाजा तथा नियमित अत्यावश्यक रकम न्यून निकासा गरेको र यथास्थितिमा शैक्षिक गुणस्तरको लागि काम गर्न नसकिने निष्कर्ष प्रधानध्यापकहरुको छ । शैक्षिक उन्नयनको लागि प्रतिवेदन पेश गर्दा पनि स्थानीय सरकारले शैक्षिक क्षेत्रलाई उपेक्षा गरेको वताउँदै आधारभूत कार्यहरु समेत गर्न नसकिएको उनीहरुले गुनासो गरेका छन ।
यता नगरले भने प्रधानध्यापकहरुले शैक्षिक क्षेत्रमा राजनिती गर्न खोजेको र त्यसलाई सफल हुन नदिने जिकिर गरेकाे छ। नगर प्रमुख दिपेन्द्र महतोले प्रधानाध्यापकहरुले तत्काल राजीनामा फिर्ता नलिए राजिनामा स्वीकृत गरेर नया प्रक्रियामा जाने समेत चेतावनी दिएका छन् ।

महोत्तरीमा ढिलो गरी सुरु भएको रोपाइँ ७० प्रतिशत पुग्यो
पर्सा कारागारमा दरबन्दी छ, चिकित्सक छैनन्

भारतीय स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा वीरगञ्जमा ‘कथाकली’ नृत्य
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे

बलान नदीमा डुबेर बालक बेपत्ता
मधेसमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमान

बसको ठक्करबाट मृत्यु

प्रतिक्रिया