करेन्ट लागेर महिलाको मृत्यु

राजविराज (सप्तरी)- अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ टेङ्गरीमा आज करेन्ट लागेर एक जना वृद्धा महिलाको ज्यान गएको छ ।
स्थानीय वैद्यनाथ यादवकी ७० वर्षीय श्रीमती उर्मीलादेवी यादवको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जनाकारी दिए ।
उनका अनुसार खेतमा विद्युत् जडान गरिएको मोटरमा लागेको तारमा छुँदा करेन्ट लागेको हो । करेन्ट लागेका उनको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ ।
राजविराज–कञ्चनपुर हुलाकी सडकखण्डअन्तर्गत अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ स्थित बनौलीमा एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ । स्थानीय बौवालाल साहको छोरा अन्दाजी वर्ष १९ को अरबिन्द साह झुण्डिएको अवस्थामा मृत फेला परेको स्थानीय रामशेवक मण्डलले जनाकारी दिए ।

महोत्तरीमा ढिलो गरी सुरु भएको रोपाइँ ७० प्रतिशत पुग्यो
पर्सा कारागारमा दरबन्दी छ, चिकित्सक छैनन्

भारतीय स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा वीरगञ्जमा ‘कथाकली’ नृत्य
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे

बलान नदीमा डुबेर बालक बेपत्ता
मधेसमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमान

बसको ठक्करबाट मृत्यु

प्रतिक्रिया