आइतबार ०१ भदौ, २०८२
Sunday, August 17, 2025

एनआरएनए जापानमा रमेश गिरीको क्षेत्रिय सह-कोषाध्यक्षमा उम्मेदवारी

एनआरएनए जापानलाई पार्दशिता र डिजिटलसँग जोड्ने सपना देखेका रमेश गिरीले क्षेत्रिय सह-कोषाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

यतिवेला जापानको गर्मिसँगै  गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्(NRNA) जापानको चुनावी सरगर्मी पनि उत्तिकै बढेको छ। जूलाई २७ तारिक आइतबार हुने चुनावको लागी मिति तय भइसकेको  छ।विभिन्न पदमा विभिन्न व्यक्तिको उम्मेदवारी दर्ता भइरहेका वेला क्षेत्रीय सह-कोषाध्यक्ष पदमा रमेश गिरीले आफ्नो नाम दर्ता गराएका छन्।

जापानको एक प्रतिष्ठित आइटी कम्पनीमा कार्यरत गिरीले एनआरएनएलाई अब डिजिटलसँग जोड्न योगदान दिन सक्ने मुख्य एजेण्डा सहित आफूले नाम दर्ता गराएको बताउँछन्। साथै गिरीले एनआरएनएको सिमित स्रोत,साधनका विच परिणाममुखी कार्यसम्पादनको प्रयोग अपरिहार्य रहेको र त्यसमा आफ्नो दक्षतालाई प्रयोग गरी संस्थाको आर्थिक कारोबार र महत्वपुर्ण अभिलेखहरू दस्तावेज गरि भण्डार गर्ने कामको लागी पनि आफू तयार रहेको बताउँछन्। 

एनआरएनए चिवा क्षेत्रिय समिती सहित एनआएनए जापानको केन्द्रमा पनि डिजिटल प्रणाली निमार्ण गर्न सक्रिय रहेका गिरीले संस्थाको क्षेत्रिय सह कोषाध्यक्ष पदमा बसेर अझ सक्रिय भइ काम गर्ने इच्छा रहेको बताउँछन्। क्षेत्रिय सह-कोषाध्यक्षमा ३ नम्बरमा उम्मेदवारी नाम रहेकोले जापानबासी नेपालीलाई भोट गरेर सहयोग गर्न अनुरोध समेत गरेका छन्। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापानको १२ औँ राष्ट्रिय महाधिवेशनले बिभिन्न पदमा अनलाईनभोटिङ मार्फत  नयाँ कार्यसमिती चुन्दै छ।