रिडारा आरडीसिक्स अब मात्र रु. ९.९९ लाख डाउन पेमेन्टमा आकर्षक सुविधासहित बजारमा उपलब्ध

काठमाडौँ- सीजी मोटर्सले Geely Auto Group सँगको सहकार्यमा नेपालको नम्बर १ इलेक्ट्रिक पिकअप Riddara RD6 का लागि नयाँ आकर्षक अफर सार्वजनिक गरेको छ। अब ग्राहकहरूले मात्र रु. ९.९९ लाख डाउन पेमेन्टमै यो अत्याधुनिक EV पिकअप आफ्नो बनाउन सक्नेछन्। यस अफरमार्फत, CG मोटर्सले विद्युतीय मोबिलिटीलाई अझै पहुँचयोग्य, विश्वासिलो, र सुविधा सम्पन्न बनाउने उद्देश्यलाई थप मजबुत बनाएको छ।
Riddara RD6 2WD मा ६३ kWh क्षमताको ब्याट्री, २०० kW पावर, र ३८५ Nm टर्क दिने सिंगल इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले ३७७ किमी (NEDC) को ड्राइभिङ रेन्ज प्रदान गर्छ। Geely को MAP प्लेटफर्ममा आधारित यो पिकअपमा Independent Suspension जडान गरिएको छ, जसले नेपाली सडकमा अझै आरामदायी र स्थिर यात्रा सुनिश्चित गर्छ।
यसमा १२०० लिटर क्षमताको कार्गो बेड, ७० लिटरको फ्रन्ट ट्रंक, र V2L (Vehicle-to-Load) प्रविधि जडान गरिएको छ, जसले गाडीमार्फत बाह्य उपकरण चार्ज गर्न सकिने सुविधा दिन्छ। साथै, Comfort, Economy, Off-road जस्ता ३ ड्राइभ मोड, 360 Degree क्यामेरा, म्याट्रिक्स LED हेडलाइट, र ६६% हाई स्ट्रेन्थ स्टीलले बनेको मजबुत बडी यो गाडीका थप विशेषता हुन्।
यस विशेष योजनाअन्तर्गत ग्राहकहरूले:
✅ आकर्षक Cashback अफर
✅ निःशुल्क एसेसोरीहरू
✅ रु. ३ लाखसम्मको एक्सचेन्ज टप-अप बोनस पाउनेछन्।
सुलभ चार्जिङ र सेवाका लागि:
CG मोटर्सले २६०+ चार्जिङ स्टेसनहरू र २०+ सेवा केन्द्रहरू नेपालको विभिन्न भू-भागमा संचालनमा ल्याएको छ, जसले Riddara RD6 मालिकहरूलाई जहाँ भए पनि सुविधा र पहुँच सुनिश्चित गर्छ।
चीनका अग्रणी अटोमोबाइल कम्पनीमध्ये एक Geely द्वारा निर्माण गरिएको Riddara RD6 अहिले चीनमै EV पिकअप सेग्मेन्टको अगुवा ब्रान्डको रूपमा स्थापित भइसकेको छ। अब नेपालमा पनि व्यक्तिगत तथा
व्यवसायिक प्रयोगका लागि यो एक स्मार्ट, टिकाउ, र भविष्यमुखी विकल्प बनेको छ।

नाइमा आटो शोम लक्ष्मी ई–मोबिलिटीद्वारा ‘फोर्थिङ ईभी’ सार्वजनिक हुँदै

नाइमा अटो शोमा याडियाको ‘भेल्याक्स सिरिज’ सार्वजनिक हुँदै, तीन मोडेल एकैसाथ…

बीवाईडीले उत्पादन ग-यो १ करोड ३० लाख न्यु इनर्जी भेइकल, उत्पादनका साथ मनायो …

ट्रायम्फ नेपालले सम्पन्न गर्यो ‘लिगेसी राइडः सौराहा एडिसन’

जुम्लामा पहिलो पटक विद्युतीय सवारीसाधन पुर्याउँदै दिगो

नक्सालमा खुल्यो सि-कार, नयाँ तथा पुराना गाडीको सोरुम, चाजिङ स्टेसन र क्याफे …

यामाहाले ७० औं वार्षिकोत्सवमा ल्यायो राष्ट्रव्यापी एक्सचेन्ज अफर !

प्रतिक्रिया