शनिबार १० साउन, २०८२
Saturday, July 26, 2025

नाइमा आटो शोम लक्ष्मी ई–मोबिलिटीद्वारा ‘फोर्थिङ ईभी’ सार्वजनिक हुँदै

नेपालको विद्युतीय सवारी क्षेत्रको तीव्र विकासक्रममा थप उत्साह थप्ने गरी लक्ष्मी ई–मोबिलिटी ले चिनियाँ विद्युतीय गाडी ब्रान्ड फोर्थिङ नेपाली बजारमा ल्याउने घोषणा गरेको छ। कम्पनीले उक्त ब्रान्डको पहिलो मोडेल नाइमा अटो शो २०२५ मा भव्य रूपमा सार्वजनिक गर्ने तयारी गरेको हो।

नेपाल अटोमोबाइल आयातकर्ता तथा निर्माता संघ (नाइमा) को आयोजनामा साउन २१ देखि २५ गतेसम्म भृकुटीमण्डपमा हुने राष्ट्रिय अटो प्रदर्शनीमा फोर्थिङ ईभी को औपचारिक उद्घाटन हुने बताइएको छ। सो प्रदर्शनीमा स्टल नम्बर ए–४ मा उपस्थित हुन कम्पनीले आग्रह गरेको छ।

लक्ष्मी ग्रुप ले नेपालमा अटो उद्योगको विकासमा लामो समयदेखि सक्रिय योगदान दिँदै आएको छ। सन् १९७३ बाट व्यापारिक क्रियाकलाप थालेको यस समूहले ह्युन्डाई, बिएमडब्ल्यू, केआईआईवाई, एसएमएल इसुजु लगायतका ब्रान्डहरूको सफल वितरण गरिरहेको छ। हालै, समूहले नेपालकै पहिलो फोर ह्विलर गाडी एसेम्ब्ली प्लान्ट लक्ष्मी मोटर कर्पोरेशन ९एलएमसी० नवलपरासीमा स्थापना गरी नेपालको अटो उद्योगमा ऐतिहासिक फड्को मारेको छ।

फोर्थिङ ईभी ले नेपाली बजारमा ६४.४ किलोवाट अवर ब्याट्री र ९९ किलोवाट मोटर सहित प्रवेश गर्दैछ। यो ४०० किलोमिटर भन्दा बढी रेन्ज दिने एसयूभी पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर ले सुसज्जित छ, जसले सहर भित्रको दैनिकीदेखि लामो दूरीको यात्रा पनि सहज बनाउनेछ। आधुनिक इन्टेरियर डिजाइन, डिजिटल प्रणाली र यात्रुको सहजतालाई प्राथमिकता दिइएको यस गाडीले प्रिमियम ईभी सेग्मेन्ट मा नयाँ मापदण्ड तय गर्ने अपेक्षा गरिएको छ।

लक्ष्मी ग्रुप ले आफ्नै चार्जिङ सञ्जाल आरइ–लैक्स मार्फत देशभर ६३ भन्दा बढी स्थानमा रिचार्ज तथा रिपेयर सुविधा उपलब्ध गराइसकेको छ। यसले विद्युतीय सवारी प्रयोगकर्ताको अनुभवलाई थप सरल, भरपर्दो र सुलभ बनाएको छ।

लक्ष्मी ई–मोबिलिटी का प्रवक्ता ले भने, “फोर्थिङ केवल गाडी होइन, यो भविष्यको मोबिलिटीप्रतिको हाम्रो दृष्टिकोण हो। नेपाली उपभोक्तालाई विश्वस्तरीय प्रविधि को पहुँचमा पुर्‍याउने हाम्रो उद्देश्यप्रति हामी प्रतिबद्ध छौं।”

नाइमा २०२५ मा फोर्थिङ को यो नयाँ उपस्थितिले ईभी सवारीको क्षेत्रमा नवप्रवर्तन र इन्टरनेशनल टेक्नोलोजी को समावेशीकरणमा महत्त्वपूर्ण संकेत दिनेछ। साथै, यो सहभागी कम्पनीहरूको लागि सहकार्य र सम्भावनाहरूको नयाँ मञ्च को रूपमा रहने अपेक्षा गरिएको छ।