शनिबार १० साउन, २०८२
Saturday, July 26, 2025

विश्व डुबान रोकथाम दिवसको अवसरमा अन्तरक्रिया

काठमाडौँ-  विश्व डुबान रोकथाम दिवसको अवसरमा शुक्रबार ललितपुरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । नेपाल लाइफ सेभिङ एसोसियसनको आयोजनामा शनिबार भएको कार्यक्रम नासा फाउन्डेसन र लिटिल डल्फिन्स स्विम स्कुलको सहकार्यमा सम्पन्न भएको हो । 

आयोजक संस्थाका अध्यक्ष बिनोदकुमार श्रेष्ठले अन्तरक्रियामा सहभागीलाई स्वागत गर्दै डुबान रोकथाममा सबैको सहकार्य आवश्यकता रहेको बताउनुभएको थियो ।  कार्यक्रमका प्रमुख बक्ता पद्यमकन्या बहुमुखी क्याम्पसकी एसोसियट प्रोफेसर डाक्टर भगवती सेडाईले डुबान रोकथामको महत्व, समाजमा सचेतना र शैक्षिक पहुँचका विषयमा धारणा राख्नुभएको थियो । 

नासा नेपालका कार्यकारी निर्देशक गोबिन्द भट्टराई र नेपाल लाइफ सेभिङ एसोसियसनका महासचिव युवराज सुनुवारले नेपालमा डुबानबाट हुने क्षति, अनुभव र अपनाउनुपर्ने रणनीतिबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा ललितपुर महानगर २६ का वडासदस्य सुरेश महर्जनले स्थानीय सरकारले डुबान रोकथामा नेतृत्वदायी भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो ।

संयुक्त राष्ट्रसंघको पहलमा विश्वभर जुलाई २५ मा विश्व डुबान रोकथाम दिवस मनाउने गरिन्छ । डुबानबाट हुने मृत्युलाई न्युनिकरण गर्न सचेतना फैलाउने उद्धेश्यले हरेक वर्ष यो दिवस मनाउने गरिएको कार्यक्रम संयोजक रबिन्द्र थापाले बताए । 
कार्यक्रममा सहभागीले नेपालभर जलसुरक्षा, पौडी तालिम र लाइफगार्ड प्रशिक्षण कार्यक्रमलाई थप शसक्त बनाउने प्रतिबद्धता ब्यक्त गरेका थिए । 

दिवसका अवसरमा आयोजक संस्थाले बिहीबार बाँकेको डुडुवा गाउँपालिकामा जनचेतनामुलक कार्यक्रमको आयोजना गरेको थियो भने भोलि शनिबार रोडट्रयाक क्लब अफ चारुमतीको सहकार्यमा युवाहरुमा डुबान रोकथामको प्रर्दशनी गर्ने कार्यक्रम रहेको नेपाल लाइफ सेभिङ एसोसियसनले जनाएको छ ।