बिहीबार १५ साउन, २०८२
Thursday, July 31, 2025

पास कसरी हुने जब...

(आमा रिसाउँदै)... अरे ऋषव तिमी यो वर्ष पनि फेल भयौ हैन ! यसरी हामी कसरी पढाउन सक्छौं? अब हामी  स्कुल पढाउँदैनौ तिमीलाई ।  ठिकै भन्दै हुनुहुन्छ आमा तपाईँ, अब तपाईँ नै भन्नुस् पढाइ गरु भने कसरी ऋषवले भने । 

किन ? पढाइ किन हुन सक्दैन ? अब राम्ररी मेहनत गरेर पढ्नु र पास पनि हुनु, फेरि पनि पास भएन भने.....(बीचमै रोक्दै) पख्नुस् आमा पहिला सुन्नुस् कुरा यो छ कि मैले यस वर्षको एक एक पलको हिसाब निकालेर रेडी गरेको छु ।  कुनै क्षण पनि खेर फालेको छैन । (आमा फेरि रिसाउँदै)........ कसरी ? खोई ? म पनि सुनौँ त तिम्रो एकएक पलको हिसाब । 

ऋषव : ल सुन्नुस् (गम्भीर हुँदै) एक वर्षमा ३६५ दिन हुन्छन् यीमध्ये ३० दिन यसपालिको दशैं तिहारको छुट्टीमा व्यतीत भए अब ३३५ दिन बाँकी रहे अनि फेरि गर्मी र जाडो बिदा भयो ।  त्यसमा ४५ दिन बिदा भयो ।  प्रसङ्ग छुट्टीकै चलिरहेको छ त्यसैले ५२ दिन शनिबारको छुट्टी हुन्छ ।

अब यसलाई घटाउँदा २३८ दिन बच्यो अँ हिसाब त ठिकै छ तर बाँकी बचेका दिनमा पनि त पढ्न सकिन्छ नि आमाले भन्नुभयो म पनि यही सोच्दै थिए आमा तर चिकित्साशास्त्री यानी कि डाक्टरहरूको भनाइ मान्ने भएर विद्यार्थीहरूले आफ्नो जीवन नै बर्बाद गर्ने भए त्यो चाहिँ कसरी नि आमाले फेरि भन्नुभयो । 

डाक्टरहरूको भनाइ छ कि हरेक व्यक्तिले दिनमा ८ घण्टा सुत्नुपर्छ ।  हिसाब गर्दा १२० दिन कुम्भकर्ण निन्द्रामा बित्दो रहेछ ।  अब ११८ दिन मात्र बाँकी रहे ।  अब हेर्नुस् आमा, नुहाउन लुगा लगाउन दाँत माझ्न हात मुख धुन खाना खान दिनको अढाई घण्टा जति लाग्दो रहेछ यसरी टोटल गर्दा ३८ दिन यस्तो कार्यमा व्यतीत हुँदो रहेछ ।  अब बाँकी ८० दिन मात्र बचे । 

यिनै ८० दिनमा पनि त मेहनत गरी पढे त पास भइहालिन्छ नि आमाले भन्नुभयो अरे आमा किन हतारिनुहुन्छ अरु सुन्नुस् महिनामा कुनै न कुनै उत्सव दिवस पिकनिक बन्द हडताल खेलकुद अनि कहिलेकाहीँ स्कुल सदस्यको मृत्यु पनि हुन्छ ।  यसरी हिसाब गर्दा ४४ दिन हुँदो रहेछ ।  अब ३६ दिन मात्र बचे । अँ.. अँ.. हो रहेछ बाबु तिमीले ठिकै भन्यो मैले त यी सबै कुरा सोचेकै थिइन आमाले भन्नुभयो । 

आमा अरु सुन्नुहोस् ।  अहिले विभिन्न प्रकारका रोग ब्याधहरू छन् जसले गर्दा कहिले भाइरल ज्वरो, कहिले कहिले कोल्ड फिभर कहिले स्वाइन फ्लु कहिले बर्ड फ्लु कहिले के कहिले के यस्तो हुँदा वर्षमा ११ दिन बित्दो रहेछ ।  अब मात्र २५ दिन बचेका छन् ।  ती मध्ये पनि वर्षमा  तीनवटा जाँच हुन्छन् ।  यानी कि २४ दिन जाँचमा जाँदो रहेछ ।  स्कुलका सरहरूले सोच्दै सोच्नुहुन्न विद्यार्थीको कोर्स पूरा भयो भएन फेरि किन जाँच लिनुहुन्छ, ऋषभले सोधे  । 

हो छोरा,यी आजका  कोपिला भोलिका देशका कर्णधार माथि ठूलो अन्याय हो,अत्याचार हो आमाले भन्नुभयो । अनि नि आमा अब एक दिन बाँकी रह्यो ।  त्यो पनि रिजल्ट सुन्नमा जान्छ ।  अब तपाईं भन्नुस् फेल नभए पास हुनु त निर्दोष भएर ऋषभले भने ।