होम परिबागको विचारोत्तेजक पुस्तक ‘नेपालमा को—के ठीक छैन ?’ सार्वजनिक

काठमाडौँ- लेखक होम परिबागद्वारा लिखित पुस्तक ‘नेपालमा को—के ठीक छैन ?’ सार्वजनिक भएको छ । सोसाइटी बुक्स, नेपालले विचारोत्तेजक उक्त गैरआख्यान सार्वजनिक गरेको हो । नेपाललाई आधा भरिएको गिलासका रुपमा विज्ञहरुले व्याख्या गर्ने गरेकोमा त्यही अवधारणामा यो पुस्तक लेखिएको हो । पुस्तकको मूल उद्देश्य गिलास भरी बनाइ हेर्नुपर्ने अवधारणाबाट प्रेरित छ, यसको माध्यमबाट नेपालमा नयाँ सकारात्मक सोच विचारको चिन्तन सुरु हुनसक्छ भन्ने विश्वास लेखकको रहेको छ ।
नेपाल र नेपालीले के कस्ता समस्याहरुमा बल्झिन, अल्झिन र गुज्रन परेको छ, तिनका मानव सृजित कारणहरु के हुन् ? विगतमा नसोचिएका सामान्य विषयवस्तुलाई लामो समय लगाएर लेखकले सरल तरिकाले यस पुस्तकभित्र उठान गर्ने प्रयास गरेका छन् । पुस्तकमा लेखकले नेपालको राजनीति, राजनीतिज्ञ, राजनीतिक परिवेश, जटिलता, शक्ति सन्तुलन र समस्या, कर्मचारीतन्त्र, पत्रकार र पत्रकारिता, व्यापार र व्यापारी, बैंक तथा वित्तीय संस्था, गाउँ र शहर, गीतसंगीत, कलाकार, नेपाली सेना र प्रहरी, नेपाली कानुनी मामला र वकिलहरुलगायतका विषयहरु समेटेका छन् ।
यसैगरी बस र ट्याक्सी चालक, यात्रा र यात्रु, ठेकेदारी, शिक्षा क्षेत्र, विदेशमा रहेका नेपाली, धनी र गरिबलगायतको पनि विवेचना गरेका छन् । सबै क्षेत्रको विवेचनापश्चात् लेखकले यी दुर्दशा किन सुरु भए र अबको बाटो के भन्ने सन्देश पनि पुस्तकमार्फत दिन खोजेका छन् । गोरखा र धादिङको सिमानामा पर्ने आरुघाटमा जन्मिएका परिबाग हाल बेलायतमा बस्छन् । पत्रकारिताबाट करियर सुरु गरेका परिबागका यसअघि याद हराएको मान्छे (उपन्यास, २०५०) सहित गीत र कविताका पुस्तकहरु प्रकाशित छन् ।

दोस्रो काव्य–सन्ध्यामा आठ कविले सुनाए कविता

महाकाव्यकार खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’ विमोचन

प्रेम, द्वन्द्व र मौन विद्रोहको कथा : बसन्त चौधरीको उपन्यास ‘देवयानी’

पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तक सार्वजनिक

पास कसरी हुने जब...

‘भानुभक्तको कृतिले नेपाललाई एकढिक्का बनाउन योगदान दिएको छ’
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_jhHgrKaiOo_i7fvoha5cyydavwfamjo9he2bfwihzqsoymsqd5sbbcxthldaeupxbl5pu8c.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

प्रतिक्रिया